भारत प्रशासित जम्मु-कश्मिरको कठुआमा एक ८ वर्षकी बालिकामाथि सामुहिक बलात्कार भयो । यस घटनाको भत्र्सनामा बलिउड सेलिब्रिटीहरुबीच प्रतिस्पर्धा चलिरहेको छ ।
यही प्रतिस्पर्धामा मिसिदै नायिका सोनम कपुरले टि्वटरमा पोस्ट गरिन् । उनले लेखेकी थिइन्, ‘म हिन्दूस्तानी हुँ र लज्जित छु । हामीले आफ्ना बच्चाका लागि इन्साफ माग्नुपर्छ । ८ वर्षकी बालिकामाथि देवीस्थानमा सामुहिक बलात्कार गरियो ।’
उनको टि्वटमा धेरैले समर्थन पनि जनाएका छन् । तर कोयना मित्रालाई भने उनको टि्वट पचेन । सोनमले घटनालाई साम्प्रदायिक रंग दिन खोजेको उनले आरोप लगाएकी छिन् ।
सोनमको टि्वटलाई जवाफ दिँदै कोयनाले बालिकाहरुमाथि भएको बलत्कारको केही आँकडा सामाजिक सञ्जालमा सेयर गरेकी छिन् र त्यसमा सोनमलाई ट्याग गर्दै सोधेकी छिन्, ‘कुनै प्रतिक्रिया ? तपाईंले एउटा घृणित अपराधको विरुद्धमा आवाज उठाउनुभयो जुन राम्रो कुरा हो । तर, यसलाई तपाईंले साम्प्रदायिक ट्वीस्ट दिनुभयो ।
हामीले ती सबैका लागि लज्जित हुनु आवश्यक छ जो यस अपराधका शिकार बनेका छन् । केवल यही बलत्कारका लागि तपाईं सबै धर्महरुलाई जिम्मेवार कसरी ठहर्याउन सक्नुहुन्छ ? अरु पिडितहरु पनि हाम्रै देशका हुन् ।’
प्रतिक्रिया 4