Comments Add Comment

‘एनएफडीसी अवार्ड’मा अनमोलदेखि पुष्पलसम्मको भिडन्त (पूर्ण सूचीसहित)

‘छैठौ एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’का लागि नोमिनेशन सार्वजनिक गरिएको छ । विभिन्न २३ विधामा वितरण गर्न लागिएको अवार्डको उत्कृष्ट ५ को नाम आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको हो ।

गतबर्ष रिलिज भएका ८३ वटा चलचित्रबाट छानेर अवार्डको नोमिनेशन तयार पारिएको छ । तर, यो अवार्डका लागि सार्वजनिक गरिएका नोमिनेशनहरु हेर्दा उदेक लाग्छ । वैशाख १३ गते काठमाण्डौको हायात होटलमा आयोजना हुने अवार्डको तयारी पनि तिव्र रुपमा भैरहेको आयोजकले जनाएको छ । यो बर्षदेखि ‘किरण सर्वोत्कृष्ट गीतकार’को विधा थप गरिएको छ ।

संगीतकर्मी शुभबहादुर सुनाम संयोजक रहेको निर्णायक मण्डलले यो नोमिनेशन तयार पारेको हो । जसमा, छायांकार मञ्जुकुमार श्रेष्ठ, साउण्ड इन्जिनियर प्रदिप उपाध्याय र नायिका चैत्यदेवी सिंह रहेका छन् । यो बर्षको अन्तिम दिन रिलिज भएका चलचित्रलाई समेत समावेश गरिएको अवार्डका लागि जुरीहरुले एक सातामै सबै चलचित्र हेरेर कसरी उत्कृष्ट ५ को छनोट गर्न सके भन्ने प्रश्न उठाउन सकिन्छ । अवार्डको नोमिनेशन हेर्दा निकै हतारोमा निकालेको देखिन्छ । जसलेगर्दा, अवार्ड आयोजना अगावै यसको निष्पक्षतामा प्रश्न उठ्न सक्छ ।

मुख्य २० विधासहित ‘मह’ जुरी(क्रिटिक्स) अवार्ड, पुष्कर सर्वोत्कृष्ट पत्रकारिता पुरस्कार र कुसुमेरुमाल सर्वोत्कृष्ट व्यवसायिक चलचित्रको अवार्ड पनि प्रदान गरिनेछ । काठमाण्डौमा आयोजना भएको कार्यक्रममा कलाकार बसुन्धरा भुषाल, नायिका भूवन चन्द, चैत्यदेवी, नायिका निरुता सिंह लगायतले नोमिनेशनमा परेका चलचित्रकर्मी र चलचित्रलाई प्रमाण पत्र पनि वितरण गरेका थिए । कार्यक्रममा कलाकारहरुको उपस्थिती न्यून थियो ।

अवार्डका लागि विभिन्न २० विधामा सार्वजनिक गरिएका नोमिनेशनको पूर्ण सूची यहाँ प्रस्तुत गरिएको छः

हिरा सर्वोत्कृष्ट चलचित्र
१. छक्का पन्जा २
२. भूइमान्छे
३. प्रेमगीत २
४. शत्रुगते
५. लिलिबिली

प्रकाश सर्वोत्कृष्ट निर्देशक
१. छक्का पन्जा २ः दीपाश्री निरौला
२. भूइमान्छेः नवराज वुढाथोकी
३. प्रेमगीत २ः रामशरण पाठक
४. शत्रुगतेः प्रदिप भट्टराई
५. लिलिबिलीः मिलन चाम्स

शिव सर्वोत्कृष्ट अभिनेता
१. प्रदिप खड्काः लिलिबिली
२. दयाहाङ राईः तान्द्रो
३. अनमोल केसीः कृ
४. पल शाहः म यस्तो गीत गाउँछु
५. पुष्पल खड्काः मंगलम

भूवन सर्वोत्कृष्ट अभिनेत्री
१. साम्राज्ञी राज्यलक्ष्मी शाहः ए मेरो हजुर २
२. निता ढुंगानाः पंचायत
३. शिल्पा पोख्रेलः मंगमल
४. केकी अधिकारीः घामपानी
५. वेनिशा हमालः ब्लाइन्ड रक्स

नीर सर्वोत्कृष्ट सह–अभिनेता
१.अनुपविक्रम शाहीः कृ
२. प्रशान्त ताम्राकारः ऐश्वर्य
३. सलोन बस्नेतः ए मेरो हजुर २
४. अंकित खड्काः घामपानी
५. नाजिर हुसेनः तिमी सँग

बसुन्धरा सर्वोत्कृष्ट सह–अभिनेत्री
१. केकी अधिकारीः ऐश्वर्या
२. गौरी मल्लः ब्लाइन्ड रक्स
३. मिथिला शर्माः मंगलम
४. प्रियंका कार्की
५. माला लिम्बुः पर्व

विश्व सर्वोत्कृष्ट नव–अभिनेता
१. आशिरमान देशराज जोशीः ग्याङस्टार ब्लूज
२. सलिनमान बनियाँः ए मेरो हजुर २
३. स्वरुपपुरुष ढकालः छक्का पन्जा २
४. अनुपम शर्माः ग्याङस्टार ब्लूज
५. साहरुखक ताम्राकारः रानी

चैत्य सर्वोत्कृष्ट नव–अभिनेत्री
१. लिलिबिलीः जसिता गुरुङ
२. कृः अदिती वुढाथोकी
३. भूइमान्छेः सिपोरा गुरुङ
४. ऐश्वर्यः दीपिका प्रसाई
५. रुद्रः सारा सिर्पाली

गोपालराज सर्वोत्कृष्ट हाँस्य कलाकार
१. राजाराम पौडेलः म यस्तो गीत गाउँछु
२. केदार घिमिरेः छक्का पन्जा २
३. शिवहरि पौडेलः सत्रु गते
४. वुद्धि तामाङः २ रुपैयाँ
५. वुद्धि तामाङः छक्का पन्जा २

चेतन सर्वोत्कृष्ट लेखन
१. छक्का पन्जा २ः दीपकराज गिरी
२. सत्रु गतेः दीपकराज गिरी र प्रदिप भट्टराई
३. लिलिबिलीः प्रदिप भारद्धाज
४. २ रुपैयाँः आशिफ शाह र आशीष रेग्मी
५. मिस्टर झोलेः रामबाबु गुरुङ

लक्ष्मीनाथ सर्वोत्कृष्ट कथा र संवाद
१. छक्का पन्जा २ः दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे र अभिमन्यू निरबी
२. सत्रु गतेः हरिवंश आचार्य र प्रदिप भट्टराई
३. घामपानीः दीपेन्द्र लामा
४. प्रेमगीत २ः रामशरण पाठक
५. मिस्टर झोलेः रामबाबु गुरुङ

मञ्जु सर्वोत्कृष्ट छायांकार
१. लिलिबिलीः सुदिप बराल
२. पर्वः राजेश श्रेष्ठ
३. भूइमान्छेः विदुर पाण्डे ‘नविन’
४. देश खोज्दै जाँदाः संजय लामा
५. ग्याङस्टार ब्लूजः शैलेन्द्र डी कार्की

तुलसी सर्वोत्कृष्ट सम्पादक
१. कृः सुरेन्द्र पौडेल
२. प्रेमगीत २ः बनिष शाह र भूपेन्द्र अधिकारी
३. सत्रु गतेः मित्र डी गुरुङ
४. छक्का पन्जा २ः विपिन मल्ल
५. लिलिबिलीः अर्जुन जीसी

शम्भुजित सर्वोत्कृष्ट संगीतकार
१. अर्जुन पोखरेलः तिमी रोएको पल(ऐश्वर्य)
२. कल्याण सिंहः कसम हो कसम(ए मेरो हजुर २)
३. २ रुपैयाँः कुटुमा कुटु(राजनराज सिवाकोटी)
४. कालिप्रसाद बास्कोटाः अजम्बरी(ग्याङस्टार ब्लूज)
५. दीपक शर्माः पर्ख पर्ख मायालु(मंगलम)

किरण सर्वोत्कृष्ट गीतकार
१. ऐश्वर्यः तिमी रोएको पल(अर्जुन पोखरेल)
२. ए मेरो हजुरः कसम हो कसम(डाक्टर कृष्णहरि बराल)
३. तिमी सँगः लडे लडे(नरेश भट्टराई)
४. म यस्तो गीत गाउँछुः किन आजकल तिम्रो मन(अम्बिका शर्मा)
५. भूइमान्छेः जिन्दगी एउटा गीत हो(दयाराम पाण्डे)

उदित सर्वोत्कृष्ट पाश्र्व गायन
१. अन्जु पन्तः तिमी रोएको पल(ऐश्वर्य)
२. सुगम पोखरेलः तिमी रोएको पल(ऐश्वर्य)
३. राजनराज सिवाकोटीः कुटुमा कुटु(२ रुपैयाँ)
४. सुगम पोखरेलः कसम हो कसम(ए मेरो हजुर २)
५. इन्दिरा जोशीः मोटरसाइकलमा(प्रेमगीत २)

वसन्त सर्वोत्कृष्ट नृत्य निर्देशक
१. कविराज गहतराजः कुटुमा कुटु(२ रुपैयाँ)
२. कविराज गहतराजः रुपै मोहनी(सत्रु गते)
३. मिलन चाम्सः उड्यो मन(ब्लाइन्ड रक्स)
४. रेनशा राईः यति यति पानी(कृ)
५. कविराज गहतराजः पर्ख पर्ख मायालु(मंगमल)

भुटानी सर्वोत्कृष्ट द्धन्द्ध निर्देशन
१. चन्द्र पन्तः कृ
२. अष्ट महर्जनः भूइमान्छे
३. हिमाल केसीः पीजडा ब्याक अगेन
४. हिमाल केसीः संरक्षण
५. हिमाल केसीः ऐश्वर्य

प्रदिप सर्वोत्कृष्ट ध्वनी मुद्रण
१. मुकेश शाहः मंगलम
२. मुकेश शाहः लिलिबिली
३. अमित श्रेष्ठः सत्रु गते
४. अमित श्रेष्ठः सत्रु गते
५. उत्तम न्यौपानेः पर्व

शुभ सर्वोत्कृष्ट पाश्र्व संगीत
१. एलिस कार्कीः लिलिबिली
२. टीसुजिल कर्मचार्यः सत्रु गते
३. टीसुजिल कर्मचार्यः पर्व
४. एलिस कार्कीः मंगमल
५. साहास शाक्यः तिमी सँग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment