Comments Add Comment

महर्षि वाल्मीकिका अनमोल वचन, जसले जीवन बदल्न सक्छ


कतिपय कुरा यस्ता हुन्छन्, जसले हाम्रो सोंच-चिन्तन बदल्न सक्छ । अक्सर महान् व्यक्तिहरुको जीवन भोगाई, बुझाई हाम्रो निम्ति प्रेरक बन्नसक्छ । उनीहरुले आफ्नो जीवन भोगाइबाट आर्जन गरेका सीप, ज्ञान, अनुभवले हामीलाई सही मार्गमा, सही ढंगले हिँड्न सघाउँछ ।

जस्तो कि, महर्षि बाल्मिकिको जीवनबाट हामी केही सिक्न सक्छौं । आफुलाई बदल्ने प्रेरणा लिन सक्छौं । उनलाई रामयणको रचनाकार भनिन्छ । रामायण एक महाकाव्य हो, जसले श्रीरामको जीवनको माध्यमबाट जीवनको सत्य, कर्तव्यको बोध गराउँछ । पावन ग्रन्थ रामायणले प्रेम, त्याग, तप र यशको भावनालाई महत्व दिएको छ ।

अतः यहाँ महषिर् बाल्मिकिका केही अनमोल बचन प्रस्तुत गरिएको छ, जसले तपाई/हाम्रो सोंच, चिन्तनको दायरालाई फराकिलो बनाइदिन सक्छ । जीवनलाई बदल्ने उर्जा मिल्न सक्छ ।

– दुख र विपद जीवनका यस्ता दुई पाहुना हुन्, जो निमन्त्रणा बिना नै आइपुग्छन् ।

– मानिसको आचरणले बताउँछ कि ऊ कुलिन हो वा होइन, वीर हो वा कायर, पबित्र हो वा अपबित्र ।

– हुने घटनाप्रति दुख मनाउनु कायरता वा अज्ञानता हो ।

– कुनै कुरालाई अत्यान्त प्रेम गर्नु वा प्रेमको सवर्था अभाव हुन नदिनु, दुबै महान दोष हो । अतः मध्यम स्थितीमा दृष्टि राखौं ।

– भाग्यको कल्पना मूर्ख व्यक्तिले गर्छन्, जो भाग्यमा निर्भर भएर आफैलाई नष्ट गर्छन् ।

– उत्साह, सामथ्र्य र मनमा हिम्मत नहार्नु, कुनैपनि कार्य सम्पन्न गर्न सक्ने गुण हुन् यी ।

– जीवनमा सधै सुख मिल्छ भने यो दुर्लभ कुरा हो ।

– अतिसंघर्षले चन्दनमा पनि आगो प्रकट हुन्छ, त्यही प्रकार एकदमै अवज्ञा गर्दा ज्ञानीको हृदयमा पनि क्रोध उत्पन्न हुनसक्छ ।

– गुणी व्यक्ति अर्कालाई दुखबाट बचाउन कष्ट सहन्छ, तर दुष्ट व्यक्ति अर्कालाई दुखमा पार्नका लागि ।

– नीच व्यक्तिको नम्रता अत्यान्त दुखदायी हुन्छ, अंकुश, धनुष, साप र बिरालो पनि झुकेर नै हमला गर्छ ।

– संसारमा यस्ता व्यक्ति थोरै हुन्छन्, जो कठोर तर हितको कुरा गर्छन् ।

– यस संसारमा दुर्लभ केही पनि छैन, यदि उत्साह नछाड्ने हो भने ।

– अहंकार मानिसको सबैभन्दा ठूलो दुश्मन हो । त्यसले सुनको हारलाई पनि माटो बनाइदिन्छ ।

– यदि कसैसँग इच्छाशक्ति छ भने, उसले जतिसुकै कठोर काम सजिलै गर्न सक्छ । इच्छाशक्ति र दृष्ढसंकल्पले मानिसलाई राजा बनाउँछ ।

– आमाबुबाको सेवा र उनीहरुको आज्ञा पालन गर्नुजस्तो अर्को धर्म छैन ।

– पि्रयजनलाई पनि मोहवश अत्याधिक प्रेम गर्दा यश नष्ट हुन्छ ।

– दुख र विपद जीवनका यस्ता दुई पाहुना हुन्, जो निमन्त्रणा बिना नै आइपुग्छन् ।

– मानिसको आचरणले बताउँछ कि ऊ कुलिन हो वा होइन, वीर हो वा कायर, पबित्र हो वा अपबित्र ।

– हुने घटनाप्रति दुख मनाउनु कायरता वा अज्ञानता हो ।

– कुनै कुरालाई अत्यान्त प्रेम गर्नु वा प्रेमको सवर्था अभाव हुन नदिनु, दुबै महान दोष हो । अतः मध्यम स्थितीमा दृष्टि राखौं ।

– भाग्यको कल्पना मूर्ख व्यक्तिले गर्छन्, जो भाग्यमा निर्भर भएर आफैलाई नष्ट गर्छन् ।

– उत्साह, सामथ्र्य र मनमा हिम्मत नहार्नु, कुनैपनि कार्य सम्पन्न गर्न सक्ने गुण हुन् यी ।

– सेवाबाट सत्रु पनि मित्र हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment