Comments Add Comment

घर फर्किने भए टोपबहादुर, यूएईका नेपालीले जुटाए ब्लडमनी

२६ अप्रील, यूएर्इ । यूएईमा अन्योलपूर्ण जीवन बिताइरहेका चितवन खैरेनीका टाेपबहादुर बिकले बुझाउनु पर्ने  ‘ब्लडमनी’ बापतको रकम एक लाख दिराम (करिब २९ लाख रुपैयाँ) यूएईका नेपालीहरुले संकलन गरेका छन् ।

यूएईमा क्रियाशील सामाजिक, राजनीतिक, जातीय, जिल्ला तथा पेशागत समूहको संयुक्त पहलमा यूएईमा उक्त रकम संकलन भएको हो । रकम अभावमा बिगत लामो समयदेखि कम्पनी तथा रोजगारविहीन जीवन बिताइरहेका  बिक नेपाल फर्कन पाउने भएका छन् ।

बिकलार्इ ब्लडमनी जुटाउन यूएईमा गैरआवासीय नेपाली संघ  यूएईको संयोजकत्वमा  संचालन गरिएको आर्थिक सहयोग संकलन अभियान अन्तर्गत आवश्यक रकम एक लाख दिरामको प्रतिबद्धता पुगिसके संघका महासचिव कृष्ण पौडेलले जानकारी दिए ।

प्रतिबद्धता भएको कुल रकमको ८५ प्रतिशत रकम संकलन भइसकेको र बाँकी १५  प्रतिशत रकम बाकी रहेकोले सबै प्रतिबद्धता रकम चाडो भन्दा चाडो संकलन  गरिदिन आग्रह गर्दै सहयोग अभियान बन्द गर्ने एनआरएन  यूएईले जनाएको छ । प्रतिबद्धता भएको रकम पूरा हुनासाथ उक्त रकम  दूतावासमा जम्मा गरिने संघका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए ।

चार वर्षअघि यूएईको अल ऐनमा सिभिल कोर्ट’  कम्पनी, क्रेन अपरेटर  हेल्पर टोपबहादुरलाई  कम्पनीको  काम गर्दै गर्दा  क्रेन दुर्घटनामा दुई थाई नागरिकको ज्यान गएपछि उक्त क्रेनमा  हेल्परका रूपमा कार्यरत टोपबहादुर बिकलाई दोषी ठहर गर्दै पीडित परिवारलाई ४ लाख दिराम दिनुपर्ने फैसला सुनाएको थियो । जसअनुसार कम्पनीका तर्फबाट २ लाख, पाकिस्तानी क्रेन अपरेटर र टोपबहादुरको भागमा एक/एक लाख दिराम परेको थियो ।

दुर्घटनापछि ४ महिना २० दिन जेलमा बसेका बिकलाई फैसलापछि अदालतले यात्रामा प्रतिबन्ध लगाइ कम्पनीमा फिर्ता पठाए पनि कम्पनी बन्द भएका कारण उनी आफन्त, साथीभाइ र एनआरएन यूएईको संरक्षणमा बस्दै आएका छन् ।

अदालतको फैसलापछि ब्लडमनि जुटाउनका लागि यूएईस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार प्रबर्द्धन बोर्डलाई आर्थिक सहयोगका लागि पत्र लेखेको भए पनि वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले कानुनत: बिक लाई कुनै आर्थिक सहयोग गर्न नसकिने भन्दै पत्रको जबाफ पठाएको थियो ।

त्यसपछि नेपाली दूतावास अबुधाबिको रोहवरमा  गैरअावासीय नेपाली संघ यूएईको संयोजकत्वमा यूएईमा क्रियाशील सबै संघसस्थाहरु सदस्य रहने गरी विगत एक महिना १५ दिनअधि देखि ब्लडमनि जुटाउन आर्थिक सहयोग संकलन अभियान चलाइएको थियो ।

ब्लडमनी जुटाइ बिकलाई छुटाउन एक महिनाअघिबाट संचालन गरिएको आर्थिक सहयोग संकलन अभियानमा यूएईमा रहेका अधिक संघसँस्थाहरु एक जुट भएर लागेकोले अभियान सफल भएको श्रेष्ठको भनाइ छ । यो अभियानमा आबद्ध नभएका संस्थाको औचित्यमाथी प्रश्नचिन्ह खडा भएको नाम उल्लेख गर्न नचाहने एक एनआरएनकर्मिले बताए ।

यूएईमा रहेका ७० वटा भन्दा धेरै नेपाली संघसँस्था तथा नेपाली दूतावासको विशेष पहलमा अभियान छिटै सफल भएको बताउदै अभियानलाई पूरा गर्न साथ सहयोग दिने सबैलाई एनआरएन यूएईका अध्यक्ष  श्रेष्ठले धन्यवाद समेत दिएका छन् ।

यस्तै बिकलार्इ छुटाउन आवश्यक ब्लडमनिको रकम प्रतिबद्धता पूरा भएको हुँदा अब छिटै सबै रकम संकलन गरी दूतावासलाई हस्तान्तरण गर्न र अभियानलाई बन्द गरिएको श्रेष्ठको भनाइ छ ।

कसले कति गरे सहयोग

टाेपबहादुरको ब्लडमनी तिर्न विभिन्न संस्था तथा व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन् । सबैभन्दा धेरै सहयोग अनिश खालिङ राई ट्रस्टले नेपालबाट गरेको छ । उक्त कोसबाट १७ हजार ५ सय दिराम बराबरको सहयोग प्राप्त भएको हो ।

त्यसरी नै एनआरएनए आईसीसीले १० हजार दिराम बराबरको सहयोग उपलब्ध गराएको छ । एनआरएनए एनसीसी यूएई ५ हजार ५५ दिराम संस्थागत सहयोग गरेको छ भने  प्रदेश न. ३ सम्पर्क समिति यूएईले ५ हजार ५ सय ७० दिराम सहयोग संकलन गरेको छ ।

प्रवासी नेपाली मन्च यूएई ५ हजार संकलन गर्ने प्रतिबद्धता गरे पनि त्योभन्दा बढी सहयोग दूतावासमा बुझाउने बताएको छ । अन्तर्राष्ट्रिय

चितवन समाजले ३ हजार ४ सयको प्रतिबद्धता गरेको छ ।

विश्वकर्मा समाज यूएईले २ हजार दिराम, चौधरी ग्रुप अफ कम्पनी, सगरमाथा बचत कोष अबुधाबी, जनसम्पर्क समिती यूएईले १५/१५ सय दिराम सहयोग संकलन गरेका छन् ।

झापाली समाज यूएईबाट १ हजार तीन सय, नेपालीको सहयोगी हातहरु नामको सामाजिक संस्थाले  १ हजार १११ दिराम संकलन गरी टाेपबहादुरको मुक्तिका लागि एक्यवद्धता जनाएका छन् ।

कालीगण्डकी बहुउदेश्य सेवा समाज यूएईले१ हजार १११, लमजुङ समाज यूएई १ हजार १ सय, एनआरएन क्षेत्रले अलएन १ हजार १ सय दिराम सहयोग उपलब्ध गराएको एनाएएन यूएईका महासचिव कृष्ण पौडेलले जनाएका छन् ।

यूएईको नेपाली समुदायमा हालसम्मको ठुलो मानिएको यस अभियानमा अधिक संस्थाले १ हजार दिराम सहयोग उपलब्ध गराएका छन् । यसरी १ हजार जम्मा गर्ने संस्थाहरुमा चितवन समाज यूएई, प्रवासी नेपाली एकता समाज यूएई, नेपाल विश्व सहयोग संघ, गोर्खा सेवा समाज यूएई, बाग्लुङ सेवा समाज यूएई, स्याङ्जा सहयोग समाज यूएई, नेपाली समाज यूएई, अन्तर्रास्ट्रिय नेपाली कलाकार समाज (ईनास) यूएई, एभरेस्ट मार्शल आर्ट्स यूएई, दाङ देउखुरी समाज यूएई, म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूएई  प्रदेश न.५ सम्पर्क समिति यूएई, जनप्रगतिशील मन्च यूएई, पाल्पाली समाज यूएई, रुपन्देही समाज यूएई, नेपाल पत्रकार महासंघ यूएई, नेपाली आदिवासी जनजाती महासंघ यूएई र नेवा पुच: यूएई रहेका छन् ।

यसरी नै हजारभन्दा कम सहयोग उपलब्ध गराउने संस्थाहरुमा तमु पे ल्हु संघ यूएई ६ सय ८५ दिराम, नेपालीज स्पोर्ट्स & सोसल क्लब रासलखेमा ६ सय दिराम,  एनआरएन दुबई ६ सय, अर्घाखाँची सम्पर्क समिति यूएई ५ सय ५५, एनआरएन अबुधाबी क्षेत्र ५ सय ५० रहेका छन् ।

नेपाली करिब १५ हजार रुपैयाँ बराबर ५ सय दिराम सहयोग उपलब्ध गराउने समाजहरुमा चापाकोट एकता समाज यूएई, पथरी सनिस्चरे समाज यूएई, कास्की आदर्श सेवा समाज यूएई, एनआरएन सारजहा क्षेत्र, एनआरएन राक क्षेत्र, एनआरएन अजमान, एनआरएन फुजेरा, पर्बत सेवा समाज यूएई, रेमिट्यान्स सरोकार समूह यूएई, नवलपरासी सेवा समाज यूएई, भोजपुर सेवा समाज यूएई, ताप्लेजुङ सेवा समाज यूएई, सैनामैना सेवा समाज युएई ५००, प्युठान स्वर्गद्वारी सेवा समाज यूएई , कपिलबस्तु समाज सेवा परिषद यूएई,  हातेमालो समूह अबुधाबी यूएई, सर्लाही सेवा समाज यूएई, नेपाली एकता समाज यूएई,तामाङ समाज युएई, तमु समाज यूएई,  मगर संघ यूएई, एनअार ग्रुप अफ कम्पनी, सुनुवार सेवा समाज यूएई रहेका छन्  ।

डिस्कोभरी रोयल स्पोर्ट्स दुबई ५ सय दश, थारु कल्याणकारी कोष यूएई २ सय एकाउन्न, प्रबासी भुजेल सेवा समाज यूएई २ सय एक, किरात राई यायोख्खा यूएई २ सय रहेको छ।

सहयोग गर्ने व्यक्तिहरू 

यस अभियानमा एनआरएन अभियन्ताहरुबाट  उल्लेख्य सहयोग जुटेकाे छ । यसरी सहयोग गर्नेहरुमा आर के शर्मा (आईसीसी मध्यपूर्ब क्षेत्रीय संयोजक) २ हजार १ सय, प्रबिण गुरुङ (आईसीसी मध्यपूर्ब क्षेत्रीय उप संयोजक ) १ हजार ५ सय, मोहन शर्मा (आईसीसि सम्मानित सदस्य) १ हजार दिराम रहेको एनआरएन यूएईले जनाएको छ ।

त्यसरी नै सन्जय पाण्डे १ हजार, रमेश ढकाल ७ सय, किशोर घिमिरे ५ सय,गोपाल कंडेल  (मध्यपूर्ब उप संयोजक) ५ सय  ५, ठाकुरप्रसाद ढुङाना (आईसीसी सदस्य) ५ सय, मनोजकुमार श्रेष्ठ (आईसीसी सदस्य) ५ सय, रमेश श्रेष्ठ एनआरएन यूएई अध्यक्ष ५ सय, बिकास अधिकारी (एनआरएन यूएई सल्लाहकार) ५ सय, सन्तोष प्रसाई (पूर्ब महासचिब) ५ सय, राजन खतिवडा (एनआरएन यूएई सदस्य) ३ सय, बालकृष्ण मरासिनी (एनआरएन यूएई उपाध्यक्ष) २ सय ५०, पत्रकार गितामणि पाण्डे २ सय, ओम कुमारी खाड मार्फत  १ सय ६२, वीरेन्द्र नकर्मी (एनआरएन यूएई सार्जा क्षेत्रीय अध्यक्ष) १ सय २०, कृष्ण पौडेल  (एनआरएन यूएई महासचिव) १ सय १, दिपक खड्का (एनआरएन यूएई सल्लाहकार) १ सय १, बिष्णुहरी बगाले एनआरएन यूएई सदस्य) १ सय १,मदन अधिकारी एनआरएन यूएई दुबई क्षेत्रीय अध्यक्ष) १ सय १, राजु के.सी. (एनआरएन यूएई ) १ सय, जिवन दास (एनआरएन यूएई सदस्य) १  सय, दुर्योधन कार्की (एनआरएन यूएई  अबुधाबी क्षेत्रीय अध्यक्ष) १ सय, आरती वाग्ले १ सय १, मनु क्षेत्री (एनआरएन यूएई प्रबक्ता) एकाउन्न, ओमकार पोख्रेल (एनआरएन यूएई सदस्य) एकाउन्न,  निरन्जन सिलवाल (एनआरएन यूएई सह-कोषाध्यक्ष) ५०, सुदिप खराल (एनआरएन यूएई सदस्य) ५०, शम्सेर योन्जन (एनआरएन यूएई  सदस्य) ५०, समिम खान (एनआरएन यूएई सदस्य) ५०, यमबहादुर पुर्कोटी ५०, पत्रकार खिमलाल पाण्डे ५०, केशब पाण्डे पचास रहेको छ ।

यो पनि पढ्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment