१३ वैशाख, काठमाडौं । तामा र पित्तलको भाडाकुडा चोरीमा संलग्न दुई जनालाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको कसनी गाउँपालिका–७ का २३ वर्षीय अर्जुन सेढाईँ र गोरखाको भिमसेन–१ का २३ वर्षीय सन्तोष पाण्डे छन् ।
उनीहरुलाई काठमाडौं–२६, ठमेलबाट ७ लाख रुपैयाँ बराबरको चोरीको भाडासहित पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेलले बताए ।
उनका अनुसार महानगरीय प्रहरी वृत्त, जनसेवाले उनीमाथि गरेको अनुसन्धानको क्रममा उनीहरुको घरबाट करिब ५ लाख रुपैयाँ बराबरको थप चार बोरा भाडा समेत बरामद गरेको छ ।
बरामद गरिउको १२ लाख रुपैयाँ बराबरको सामानका धनीलाई बोलाएर थप अनुसन्धान जारी राखिएको परिसरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4