+
+
Shares

पुनर्वासमा फेरि भारतीय सुरक्षाकर्मीको दादागिरी !

पूर्वसहमतिअनुसार तारबार गर्न एसएसबीले दिएन (भिडियोसहित)

दीपक उपाध्याय दीपक उपाध्याय
२०७५ वैशाख १४ गते १२:०३

१४ वैशाख, कैैैैलाली।  कन्चनपुरको पुनर्वास नगरपालिका-९ का बासिन्दाले जंगली जनाबर नियन्त्रणका लागि विद्युतीय तारबार गर्न खोज्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको छ ।

१९५ नम्बर सीमास्तम्भ नजिक तारबार गर्न खोज्दा एसएसबीले अवरोध पुर्‍याएको वडाध्यक्ष नारायण जैशीले जानकारी दिए । सो क्षेत्रमा विद्युतीय तारवार लगाउने पूर्वसहमति भएपनि बिहीबार एसएसबीले पुनः अवरोध गरेको अध्यक्ष जैशीले बताए ।

‘विवाद नहोस् भनेर पूर्वसहमति नै गरी दशगजा क्षेत्रबाट करिव ५-७ मिटर वरैबाट तारबार गर्न खोज्दासमेत एसएसबीले अवरोध गर्‍यो,’ जैशीले भने ।

स्थानीयबासीले गाडेका पोलहरु हतियारधारी एसएसबीले उखेलेर फालेको छ भने तारहरुलाई काटिदिएको छ ।

हेर्नुहोस् भिडियो

पुनर्वासको सीमावर्ती क्षेत्रमा सीमा विवाद रहेको भन्दै एसएसबीले विभिन्न ठाउँमा पटकपटक अवरोध गर्दै आएको छ । भारतीय एसएसबीको गतिविधिबाट स्थानीय आजित बनेका छन् ।

गत वर्ष पनि पुनर्वासको आनन्द बजारमा एसएसबीले अवरोध गर्दा तनाव बढेको थियो । विवादको क्रममा एसएसबीले गोली चलाउँदै स्थानीय गोविन्द गौतमको मृत्यु भएको थियो ।

यो घटना भएको एक वर्ष पूरा हुँदासम्म पनि नेपाल-भारत सीमा विवाद समाधान हुन नसक्दा नेपालीहरुले पटक-पटक एसएसबीको ज्यादती सहनुपरेको स्थानीय बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?