+

बिबाहपछि मोटाउन सक्छन् महिला, कारण यस्तो छ

२०७५ वैशाख  १८ गते ८:०१ २०७५ वैशाख १८ गते ८:०१
बिबाहपछि मोटाउन सक्छन् महिला, कारण यस्तो छ

बिबाहपछि अक्सर महिलाहरु मोटाउछन् । किन ? यसका एउटा मात्र कारण छैन । सामान्त बिबाहअघि युवतीहरुले आफ्नो फिगरमा बढी ख्याल गर्छन् । उनीहरु स्लिम देखिन रुचाउँछन् । राम्री देखिनुपर्छ भन्ने मानसिकताले पनि उनीहरु फिगर मेन्टेन गरिरहेका हुन्छन् । चाहे खानपानमा कटौती गरेर होस् वा व्यायाम गरेर, फिट एन्ड फाइन रहन रुचाउँछन् ।

त्यस्तै युवाप्रतिको आकर्षणले पनि उनीहरुलाई ‘राम्री देखिन’ मन लाग्छ । कर लाग्छ । प्रेम गर्ने उमेरमा आफ्नो ज्यानको ख्याल गर्नैपर्‍यो । राम्री देखिनै पर्‍यो । स्लिम देखिनै पर्‍यो । आकर्षक हुनै पर्‍यो ।

त्यसो त किशोरवयमा शरीर फिट नै रहन्छ । जति खाएपनि वा व्यायाम नगरेपनि मोटाइ बढ्ने संभावना कम नै हुन्छ । जबकी २०, २२ बर्षपछि बिबाह गर्ने भएकाले त्यसपछिको समयमा मोटोपन बढ्न सक्छ । किन बढ्छ त मोटोपन ?

कारण एक- आफुलाई भन्दा घरपरिवारको ख्याल 

बिबाहअघि र पछिको अवस्था फरक हुन्छ । बिबाहअघि उनीहरु आफ्नो ख्याल राख्न सक्छन् । कति खाने, के खाने, कस्तो लगाउने, कसरी लगाउने भन्ने कुरामा सर्तक रहन्छन् । किनभने त्यसबेला पढाई, करियर वा आफुलाई मेन्टेन गर्ने बाहेक अरु भार हुँदैन ।

जब बिबाह गर्छन्, त्यसपछि उनीहरुमा पारिवारिक दायित्व थपिन्छ । पति, सासु, ससुरा लगायतको पनि ख्याल गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा उनीहरुले आफुलाई भुल्छन् । खानपानमा बेवास्ता गर्छन् । शरीर व्यायाम गर्ने बानी छुट्छ । त्यही कारण उनीहरु मोटाउन थाल्छन् ।

कारण दुई- सौन्दर्यको चिन्ता हुँदैन

हुन त बिबाहित होस् वा अबिबाहित, महिलाहरुलाई आफ्नो सौन्दर्यको चिन्ता हुन्छ । तर, बिबाअघि र पछिको अवस्थामा भने फरक हुन्छ । बिबाहअघि उनीहरुले आफ्नो सौन्दर्यको ख्याल राख्नैपर्ने हुन्छ । किनभने आकर्षक र सुन्दर युवतीहरु नै पुरुषको नजरमा पर्ने गर्छ । यही मनोविज्ञानले पनि उनीहरु राम्री देखिनका लागि अनेक प्रयास गरिरहेका हुन्छन् ।

जबकी बिबाहपछि त्यस्तो चिन्ता हुँदैन । आफ्नो रुप एवं सौन्दर्यले कसैलाई मोहित गरिरहनुपर्छ भन्ने हुँदैन । किनभने पति जो मिलिसकेको हुन्छ । सुरुवाती अवस्थामा रुपले एकअर्कालाई अकषिर्त गरेपनि बिबाहपछि रुप गौण हुन्छ । बरु, उनीहरुको व्यवहार, गुण, स्वभाव महत्वपूर्ण हुन्छ ।

बिबाह गरिसकेपछि सौन्दर्यको उति चिन्ता नहुने भएकाले पनि उनीहरु मोटाउँछन् ।

कारण तीन- घरायसी जीवन

अक्सर महिलाहरु यसकारण पनि मोटाउँछन् कि, बिबाहअघि जस्तो उनीहरु सक्रिय हुँदैनन् । बिबाहपछि घरमै बस्नुपर्ने । घरधन्दाको काम बाहेक बाहिरको कामकाज गर्नु नपर्ने भएकाले दिनदिनै मेकअप गर्ने, ठाँटिने अवस्था हुँदैन । घरमा बसेर सरसफाई गर्ने, खाना पकाउने र बाँकी समय टिभी वा मोवाइलमा बिताउने भएकाले उनीहरुले मोटाइप्रति खास चिन्ता गर्दैनन् । नतिजा, उनीहरुको शरीर मोटाउन थाल्छ ।

घरमा बसेको बेला महिलाहरु खाली मुख बस्दैनन् । केही न केही खाइरहन्छन् । जिब्रोको तलतल मेट्न क्षण-क्षणमा केही न केही खाने बानीले पनि उनीहरुको मोटाइ बढ्छ ।

कारण चार- गर्भावस्था

बिबाहको केही बर्षपछि नै महिलाहरु गर्भवती हुन्छन् । जब गर्भवती हुन्छन्, तब उनीहरुले डाइटिङ गर्ने, स्लिम हुने चक्कर छाड्छन् । पाएजति खान्छन् । अमिलो, पिरो स्वाद खोज्छन् ।

गर्भावस्थामा आरम गर्नुपर्छ । पर्याप्त खानेकुरा सेवन गर्नुपर्छ । यस्तो अवस्थामा घर परिवारले पनि उनीहरुलाई खास तनाव दिदैन । यसरी आरमसाथ खाँदै, बस्दै गर्दा उनीहरु मोटाउँछन् । गर्भावस्थामा गर्भको बच्चाका लागि पनि अतिरिक्त पोषक तत्व लिनुपर्ने भएकाले महिलाहरुले धेरै खानेकुरा खान्छन् । यसरी उनीहरु मोटाउँछन् ।

कारण पाँच- छोराछोरीमा ध्यान 

बालबच्चा भएपछि आफ्नो भन्दा उनीहरुको ख्याल राखिन्छ । बच्चालाई स्यहार्ने, हुर्काउने, पढाउने जस्ता कुरामा सम्पूर्ण समय जाने भएकाले आफ्नो ख्याल राख्ने फुर्सद हुँदैन । यतिबेला आफुलाई आकर्षक देखाउने, फिगर मेन्टेन गर्ने भन्दा पनि परिवारलाई कसरी राम्रो बनाउने, छोराछोरीलाई कसरी स्वस्थ राख्ने भन्ने कुरामा ध्यान जान्छ । यही कारण महिलाहरुले आफ्नो मोटोपन बढेपनि त्यसमा बेवास्ता गर्छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

के हुन्छ जब हामी धेरै नुन खान्छौं ?

के हुन्छ जब हामी धेरै नुन खान्छौं ?

युरिक एसिड कसरी हुन्छ ?

युरिक एसिड कसरी हुन्छ ?

सहरमा बस्नेलाई किन जरुरी छ भिटामिन डी सप्लिमेन्ट ?

सहरमा बस्नेलाई किन जरुरी छ भिटामिन डी सप्लिमेन्ट ?

‘जुत्ता सुँघाएर निको हुँदैन छारेरोग, उपचारको नयाँ प्रविधि छ’

‘जुत्ता सुँघाएर निको हुँदैन छारेरोग, उपचारको नयाँ प्रविधि छ’

‘तौल घटाउन ८० प्रतिशत भूमिका खानाको हुन्छ’ (भिडियो)

‘तौल घटाउन ८० प्रतिशत भूमिका खानाको हुन्छ’ (भिडियो)

यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?

यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?