नायिका नम्रता श्रेष्ठ अहिले धमाधम चलचित्र ‘जायरा’को छायांकन गरिरहेकी छिन् । चलचित्र रिलिजको समयमा भन्दा अन्य समयमा नम्रता गुपचुप काम गर्छिन् । नम्रताको बारेमा कमै मात्र खबर मिडियामा आउने गर्छ । उनै नम्रताले आफ्नो ट्विटरमार्फत एउटा तस्बिर सार्वजनिक गरेकी छिन् । जुन, तस्बिरले पनि नम्रताको नयाँ गेटअपको बयान गर्दछ ।
नम्रताले केही यूवाहरुसँग एक्सन मुडको तस्बिर पोष्ट गरेकी छिन् । जसमा उनले ‘जायरा टिम’ भनेर लेखेकी छिन् । तस्बिरमा नम्रताको विल्कुलै फरक गेटअप देख्न सकिन्छ । उनले कपाल काटेकी छिन् । यो चलचित्रमा नम्रता बक्सिङ खेलाडीको भूमिकामा छिन् । चलचित्रमा उनलाई नायक अनुप विक्रम शाहीले साथ दिएका छन् ।
बक्सिङ खेलाडीको भूमिकामा देखिएकी नम्रताले आफ्नो शरीरको तौल पनि धेरै नै घटाएको देखिन्छ । नम्रताको यो लुक्सले दर्शकमा उत्साह पैदा गर्न सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4