Comments Add Comment

प्रदेश ७ का मुख्यमन्त्रीलाई दार्चुलामा रेड कार्पेट स्वागत

२५ वैशाख, दार्चुला । जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रममा सहभागी हुने दार्चुला आएका मुख्यमन्त्री त्रिलोचन भट्टलाई रातो कार्पेटले स्वागत गरिएको छ ।

सदरमुकाम खलंगास्थित  खुलामञ्चमा मंगलबार अायोजित कार्यक्रममा आयोजकले  मुख्यमन्त्री भट्टलाई खुलामञ्च प्रवेश गेटबाट मञ्चसम्मै रातो कार्पेट विछ्याएर स्वागत गरेका हुन् । कार्यक्रमस्थलको प्रवेशद्वारदेखि मञ्चसम्मै रातो कार्पेट विछ्याइएको थियो ।

मुख्यमन्त्री भट्टलाई स्वागत गर्न बनाइएको गेट पुगेसँगै रातो कार्पेटबाटै मञ्चसम्म पुगेका थिए ।

पहिलो पटक दार्चुला पुगेका उनले जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरे । दार्चुला खुला दिशामुक्त हुने ५० औं जिल्ला हो ।

कार्यक्रममा मुख्यमन्त्री भट्टले समग्र बिकासका लागि प्रदेश सरकार लागिपरेको बताए । दार्चुलामा थुप्रै विकास निर्माणका सम्भावनाहरु रहेको भन्दै प्रदेश सरकारले समग्र जिल्लाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने मुख्यमन्त्री भट्टले औल्याए ।

त्रिदेशीय सीमा क्षेत्रमा अवस्थित दार्चुला जिल्लामा रहेको बन्द गोकुलेश्वर विमानस्थल सुरु गर्ने, महाकाली करिडोर अन्तरगत रहेको दार्चुला तिंकरको ट्रयाक खोल्ने लगायतका महत्वपूर्ण कामहरु प्रदेश सरकारले गर्ने उनले प्रतिबद्धता जनाएका थिए ।

यस्तै कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले दार्चुला जिल्ला प्रदेश ७ को महत्वपूर्ण जिल्ला रहेको भन्दै त्रिदेशीय सीमा क्षेत्रका कारण पर्यटकीय दृष्टिकोणले प्रदेश ७ को विकासका लागि दार्चुला महत्वपूर्ण जिल्ला रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment