+
+
Shares

सातामै २७ प्रतिशतले बढ्यो सेयर कारोबार, ३५ लाख कित्ता सेयर सूचीकृत

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २९ गते १४:५६

२९ वैशाख, काठमाडौं । सेयर बजारमा यो साता २७ प्रतिशतले कारोबार बढेको छ । गत साताको तुलनामा यो साता कारोबार रकम २७.७६ प्रतिशतले बृद्धि भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

नेप्से परिसुचक अघिल्लो साताको तुलनामा ५.१९ अंकले घटे पनि कारोबार रकममा भने बृद्धि देखिएको छ । साताको अन्तीम दिन नेप्से १ हजार ३ सय ४८.४५ अंक कायम भएको छ ।

नेप्सेका अनुसार गत साता एक अर्ब ५६ करोड ७० लाख ४२ हजार रुपैयाँ बराबरका ३२ लाख ४४ हजार पाँच सय कित्ता सेयरहरु खरिद बिक्री भएको थियो । यो साता भने दुई अर्ब १९ लाख ९९ हजार रुपैयाँ बराबरका ४८ लाख १२ हजार सात सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १८१ कम्पनीहरुको कारोबार भएको छ । गत साता भने १७६ कम्पनीहरुको कारोबार भएको थियो ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पहिलो दिनको तुलनामा ०.७९ अंकले घटेर २ सय ८४.५९ अंकमा आईपुगेको छ । यस साता कारोबार रकम को आधारमा बुटवल पावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सिभिल बैंक, नेपाल लाइफ इन्स्योरेेन्स, नेशनल लाइफ इन्स्योरेन्स र नेपाल बैंक पनि कारोबारका आधारमा अग्रस्थानमा रहे ।

यस्तै कारोबार भएको सेयर संख्याको आधारमा सिभिल बैंक लिमिटेड अग्रस्थानमा छ भने कारोबार संख्याको आधारमा बुटवल पावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।

नेप्सेमा यो साता ३५ लाख ८ हजार कित्ता सेय सूचीकृत भएका छन् । यो साता कन्काई बिकास बैंकको २ लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । काबेली बिकास बैंकको ३ लाख ५० हजार र इन्भेस्टमेन्ट एनड फाइनान्स कम्पनीको २८ लाख ६७ हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?