
३० वैशाख, ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–१० मा स्थानीय नरबहादुर लिम्बुको घरमा आगलागी भएको छ ।
विद्युत् सर्ट भइ आगलागी हुँदा उनको ३ तले घर तथा घरभित्र रहेको सम्पूर्ण सरसामान जल्दा करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
साथै, सोही घरको कोठामा रहेको फुरुम्वु सामुदायिक वन फुरुम्वुको कार्यालयको फर्निचर लगायत कागज पत्र समेत जलेर ४ लाख बराबरको क्षति भएको छ ।
आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको विमानस्थल सुरक्षागार्ड, सुकेटारले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4