+
+
Shares

चलचित्र निर्माता वाग्लेको साथबाट बरामद नोट जाली भएको पुष्टि

कानुनी कारबाही अघि बढाउन राष्ट्र बैंकको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ६ गते १६:४६

६ जेठ, काठमाडौं । चलचित्र निर्माता माधवराज वाग्लेको कोठाबाट बरामद भएको साढे २ करोड रुपैयाँ बराबरको नोट जाली भएको नेपाल राष्ट्र बैंकले पुष्टि गरेको छ ।

यसअघि २ जेठमा काठमाडौं–१, चारढुंगेस्थित वाग्लेको कोठामा छापा हान्दा प्रहरीले एक हजार दरको दुई करोड ५२ लाख रुपैयाँ बराबरको नोट बरामद गरेको थियो । उनले त्यो नोट फिल्म प्रायोजनका लागि भएको दाबी गरेका थिए ।

उनको साथबाट बरामद नोट नक्कली हो या होइन भन्ने पुष्टि गर्न काठमाडौं प्रहरी परिसरले राष्ट्र बैंकलाई पत्र काटेको थियो । र, जवाफमा बैंकले बरामद नोट जारी भएको उल्लेख गर्दै नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६१, ९५ र ९६ मा भएको व्यवस्था अनुसार कानुनी कारबाहीको अघि बढाउन निर्देशन दिएको छ ।

राष्ट्र बैंकले भनेको छ, ‘अदालतबाट कानुनी कारबाही प्रक्रिया अन्तिम किनारा लागेपछि राष्ट्र बैंकको ऐन, २०५८ को दफा ५७ को उपदफा (४) मा भएको व्यवस्था बमोजिम सम्पूर्ण नोट यस बैंकमा दाखिला गर्नु पर्नेछ ।’

गत १ जेठमा काठमाडौं–२६, मित्रनगरस्थित सुमधुर क्याफे तथा खाजा घरमा सुर्खेत घर भइ कमलपोखरी बस्दै आएका २४ वर्षीय महेन्द्र बोगटीले खाजा खाएको बिल तिर्दा दिएको पैसामाथि सञ्चालकलाई शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए ।

लगत्तै, महानगरीय प्रहरी प्रभाग, बसपार्कले बोगटीबाट अनुसन्धान थालेर जाली नोटको नेक्सस केलाउने क्रममा प्रहरी वाग्लेसम्म पुगेको थियो । र, कुल दुई करोड ६० लाख ६३ हजार रुपैयाँ नक्कली नोट प्रहरीले बरामद गरेको थियो ।

घटनामा वाग्लेसहित अन्य ६ जना पक्राउ परेका थिए । थप अनुसन्धान जारी रहेको काठमाडौं प्रहरी परिसरका मुद्दा शाखाका डिएसपी मोहन थापाले बताए ।

यो पनि पढ्नुस् 

साढे दुई करोड रुपैयाँ नक्कली नोटसहित ६ जना पक्राउ

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?