Comments Add Comment

डिभोर्सको घोषणा गर्दै अर्जुन र मेहरले भने, ‘सम्वन्ध तोडिए पनि प्रेम जिवित रहने छ’

बलिउड अभिनेता अर्जुन रामपाल र उनकी पत्नी मेहर जेसियाले अन्ततः सम्वन्धविच्छेद गरेका छन् । एउटा संयुक्त विज्ञप्ति जारी गरी उनीहरुले आफूहरु अलग्गिएको घोषणा गरेका हुन् ।

यो जोडीबीच लामो समयदेखि मनमुटाब चल्दै आएको थियो । अर्जुन रामपाल ऋतिक रोशनकी पत्नी सुजैनसित लहसिएपछि उनीहरुको सम्वन्ध विग्रेको हो । पछिल्लो समय अर्जुन आफ्नो घर छोडे एक्लै बस्न थालेका थिए ।

अर्जुन र मेहरको बिहे १९९८ मा भएको थियो । उनीहरुका दुई छोरी छन् । जेठी छोरी महिका १६ वर्षकी र कान्छी मायरा १३ वर्षकी भइन् ।

विज्ञप्तिमा उनीहरुले सम्वन्धविच्छेद पछि पनि आफूहरु राम्रो साथीको रुपमा रहने र छोरीहरुप्रतिको जिम्मेवारी निभाउने उल्लेख गरेका छन् ।

‘२० वर्षको यो यात्रा प्रेम र मिठा यादहरुले भरपूर छ तर हरेक यात्राको एउटा फरक बाटो हुन्छ । त्यसैले हामीलाई लाग्छ कि अब हामीले फरक बाटोमा हिँड्ने समय आयो । हाम्रो लागि यो कठिन निर्णयको क्षण हो । हामी भविष्यमा सँधै आफ्ना बच्चाहरुका लागि समर्पित हुनेछौं । सम्वन्ध अन्त्य भए पनि प्रेम जिवित रहनेछ ।’

बलिउडमा पछिल्लो समय सम्वन्धविच्छेदको लहरै चलिरहेको छ । केही समय अगाडि अरबाज खान र मलाइका अरोडा छुट्टएिका थिए । त्योभन्दा पहिले फरहान अख्तर र अधुना अख्तरको सम्वन्ध टुटेको थियो । यसैगरी ऋतिक रोशन र सुजैनले पनि सम्वन्धविच्छेद गरिसकेका छन् ।

यद्यपि, उनीहरु सम्वन्धविच्छेदपछि पनि एक-अर्कासँग नजिक नै छन् । बच्चाहरुको कारणले आफूहरु टाढा हुन नसकेको उनीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment