+
+

‘विराङ्गना’मा घोडा र बाँदरकै लागि १७ लाख खर्च

शिल्पा र अनुपको एक्सन लभस्टोरी

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २२ गते १७:१०

असार २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘विराङ्गना’को पोष्टर रिलिज गरिएको छ । एक गीत सार्वजनिक भएपछि चलचित्रको पोष्टर बाहिर आएको हो । लभस्टोरी र एक्सनको मिश्रण रहेको यो चलचित्रमा नायक अनुप विक्रम शाही, नायिका शिल्पा पोखरेल र कलाकार पृथ्वीराज प्रसाँइलाई देख्न सकिन्छ ।

यो चलचित्रमा अनुप र शिल्पा सशस्त्र प्रहरीको भूमिकामा देखिएका छन् । राजबहादुर सानेको निर्देशनमा तयार भएको नारीप्रधान यो चलचित्रमा हरिबोल लामाको छायांकन, तारा थापाको सम्पादन छ । बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट चलचित्रका निर्माता हुन् भने सुमि चाम्लिङ राइ यसका सह–निर्माता हुन् । चलचित्रमा दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य र श्री श्रेष्ठको एक्सन छ । चलचित्रको पोष्टरमा बाँदर र घोडालाई समेत देखाइएको छ । नेपाली चलचित्रमा जनावरको प्रयोग अहिले दुर्लभ हुँदै गएको छ ।

यो चलचित्रका लागि बाँदर र घोडालाई ३२ दिन छायांकन गरिएको थियो । यसैले, पनि यी दुई जनावरका लागि यसको निर्माणपक्षले महंगो रकम तिरेको वुझिएको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार बाँदर र घोडा भाडामा लिएर सुटिङ गर्दा र उनीहरुको खानेकुराका लागि मात्र १७ लाख खर्च भएको छ ।

यो चलचित्रका कलाकारलाई तिरिएको रकम भन्दा निकै महंगो हो । तालिम प्राप्त यी दुई जनावरको प्रयोगले पनि चलचित्रलाई अझ रोचक बनाउने विश्वास यसको निर्माणपक्षको छ । यो चलचित्रले देशको सिमाना र अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले पु¥याएको योगदान र महिला सशस्त्र प्रहरीको विरताको वारेमा चलचित्र बनेको निर्देशक सानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?