+
+
Shares

होटल क्यापेलामा हुने भयो ट्रम्प-किम वार्ता

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २३ गते १०:०७

२३ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको बहुप्रतिक्षित वार्ता सिंगापुरको सेन्तोसा आइल्याण्डमा हुने भएको छ ।

दुई नेताबीच सेन्तोसा आइल्याण्डस्थित होटल क्यापेलामा भेटवार्ता हुने हृवाइट हाउसले जनाएको छ । ट्रम्प-किम १२ जुनमा विहान ९ बजे भेट्दैछन् ।

सिंगापुर सरकारले सोमबार विदेश मन्त्रालय, अमेरिकी दूताबास र थुप्रै होटललाई विशेष क्षेत्र घोषणा गरेको छ । यसमा सेन्तोसा आइल्याण्ड पनि परेको छ । आइल्याण्डको दक्षिण पश्चिमी तटको करिव एक किलोमिटर विशेष क्षेत्रमा पर्छ ।

सिंगापुर सरकारले सुरक्षा कडा बनाएको छ । ट्रम्प र किमको भेटवार्ता स्थलको सुरक्षा भने गोर्खा प्रहरीले गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?