२७ जेठ, काठमाडौं । आइतबार भएको इपीएस कोरियन भाषा परीक्षामा एक सय ३७ जना नक्कली प्ररिक्षार्थी काठमाडौंबाट पक्राउ परेका छन् ।
आइतबार बिहान र दिउँसोको सिफ्टमा सञ्चालन भएको परीक्षाको ९ जना केन्द्रबाट उनीहरु पक्राउ परेका हुन् ।
काठमाडौं प्रहरी परिसरका डिएसपी मोहनकुमार थापाका अनुसार पक्राउ पर्नेहरुमा १० जना महिला र १ सय २७ जना पुरुष छन् । यसअघि शनिबार प्रहरीले ४७ जना नक्कली परिक्षार्थीलाई पक्राउ गरेको थियो ।
जेभियर ईन्टरनेशनल स्कुल, बौद्धबाट ५८ जना, गोल्डेन गेट इन्टरनेशनल कलेज, बत्तिस पुतलीबाट ७ जना, भिएस निकेतन कलेज, तीनकुनेबाट १४ जना, नोबेल एकेडेमी, नयाँबानेश्वरबाट १० जना, युनिभर्शल कलेज, मैतिदेवीबाट १६ जना, टाइम्स इन्टरनेशनल कलेज, डिल्ली बजारबाट १९ जना, एलआरआई स्कुल कंलकीबाट २ जना, एनके सिंह मेमोरियल कलेज ईपिएस स्कुल, नयाँ बानेश्वरबाट ८ जना र ट्रिनिटी इन्टरनेशनल कलेज, डिल्ली बजारबाट ३ जना पक्राउ परेको परिसरले जनाएको छ ।
अर्को व्यक्तिको परीक्षा दिन राहदानी, प्रवेश पत्र समेत लिइ परीक्षा दिइरहेका वेलामा चेकजाँच गरेर उनीहरुलाई पक्राउ गरिएको थियो । पक्राउ परेकाहरुमाति थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4