Comments Add Comment

पिता किन पूज्य छन् ? पिता-पुत्र सम्बन्धको अन्तरकथा 

पिता, जसलाई बुबा भने भो । पापा भने भो । ड्याडी भने भो । आखिर जे नामले पुकारे पनि सन्तानको सुरक्षा कवच हुन्, उनी ।

पिता एक छत हो, जसको आश्रयमा सन्तान हुर्कन्छन् । पिता सन्तानको पालन पोषण र संरक्षणका पर्याय पनि हुन् । सन्तानका आवश्यक्ताहरु पुरा गरिदिने माध्याम हुन् । पिता शिशुका लागि उल्लास हुन् । किशोर एवं जवानका लागि सर्वोत्तम प्रेरक एवं पथप्रदर्शक हुन् । वयस्क र प्रौढका लागि अनन्त आशीर्वाद हुन् ।

पिताको उपस्थितीले सन्तानलाई अदृश्य संकटबाट मात्र बचाउँदैन, एक अपूर्व सुरक्षा पनि बोध गराउँछ ।

पिता एक प्रेरणा

सौभाग्यशाली हुन् उनी, जसले पिताको कृपा-धाराको अमृतपान गरे । र, धन्य छ उनको जीवन जसले पिताको सेवा एवं आज्ञा पालन गरिरहेका छन् । पिता देह मात्र होइनन्, उनी प्रेरणा हुन् । भाव हुन् । जीवनको उजाड मरुभूमिमा पिताको उपस्थिती आफैमा शीतल बगैंचामा रुपान्तरण हुनपुग्छ । पिताको महत्व यति धेरै छ कि, सन्तानले त्यसलाई बोध गर्न सक्नुपर्छ ।

पिता, जसले सन्तानको सुख र कल्याणका लागि हर-संभव प्रयास गर्छन् । आफ्नो प्राणलाई बाजीमा राखेर सन्तानको खातिर जस्तोसुकै खतरासँग खेल्छन् ।

सन्तानका खातिर

एउटा कथा यस्तो छ । मुगल सम्राट बबबरले इश्वरसँग आफ्नो व्यधिग्रस्त-मरणासन्न पुत्र हुमायूंको जीवन रक्षाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने प्रार्थना गरेका थिए । ईश्वरले बाबरको प्रार्थना स्वीकार गरे । मृत्युशश्यमा पुगेका हुमायूं स्वस्थ भए । र स्वस्थ बाबर अल्प समयमै रुग्ण भएर बसे । पुत्रका लागि यस्तो विधि पितृ-हृदयले नै गर्नसक्छ । त्यसैले पिता पूज्य छन् ।

धर्मशास्त्र-साहित्य र लोक जीवनमा समुचित संगतिका कारण समाजमा पितृ-सन्तान समबन्ध सधै सुमधुर रह्यो ।

स्नेह र आशीषको पर्याय

पितृ-पद स्नेह र आशीषको पर्याय रह्यो । सन्तान आज्ञाकारिता तथा सेवा-भावका साधना रहे । संवेदना-समृद्ध पारिवरिक जीवनमा पद मर्यादा, स्नेह र आदरले यस प्रकारले अनुशासित रह्यौं कि व्यक्तिगत स्वतन्त्रता अथाव एकाकी निर्णयका विचार पनि अस्तित्वमा आएन ।

दशरथको रुपमा पिताको आदर्श र राम, श्रवणकुमार, नचिकेता, भीष्म आदिको रुपमा आदर्श पुत्रको छवी समाजमा सधै अनुकरणीय रह्यो । खासगरी संयुक्त परिवारिक संरचनामा पिता एक संरक्षक, एक आदर्श र एक मार्गदर्शकको रुपमा पूज्य रहे । तर, अहिले आधुनिकताको नाममा एकल परिवार बढ्दैछ । र, पिताको स्थान पनि धरापमा पर्दैछ ।

पिता किन बोझ ?

पितालाई आदर्श, मार्गदर्शक मान्ने भन्दा पनि बोझ मान्ने प्रवृत्ति भित्रभित्रै मौलाउन थाल्यो । बृद्ध, असाहय पिताको सम्पतिमा अधिकार जमाएर उनलाई वृद्धाश्रममा पठाउने क्रम बढ्यो ।

सेवानिवृत्त पिताको धनसम्पति, पेन्सन आदिमा त सन्तानले आफ्नो हक खोज्यो तर, पिताप्रतिको आस्था, विश्वास, श्रद्धा भने खिइदै गयो । पितालाई उचित सम्मान गर्ने, सरसल्लाह लिने, उचित रेखदेख गर्ने, उपचार गर्ने, औषधी पानी दिने कुरामा सन्तानहरु टाढिदै गए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment