७ असार, काठमाडौं । साझा प्रकाशन लिलामी हुनबाट जोगिएको छ । व्यवस्थापनले बैंकबाट लिएको ऋणको साँवा व्याज भुक्तानी गरेपछि लिलामी हुनबाट जोगिएको हो । राष्ट्रिय सहकारी बैंकलाई साँवा र ब्याज गरी ५ करोड ३० लाख १९ हजार २ सय १६ रुपैयाँ भुक्तानी गरेपछि संस्थाले ऋणबाट मुक्ति पाएको अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले जानकारी दिए ।
साझाले सहकारी बैंकबाट २०६९ फागुन २२ गते लिएको ऋण एक वर्ष भाखा राखेर ४ करोड ६० लाख रुपैयाँ कर्जा लिएको थियो । तर संस्थाले समयमा व्याज र साँवा तिर्न नसकेपछि बैंकले लिलाल गरी कर्जा असुल गर्न पटक पटक सूचना प्रकाशित गरेको थियो ।
विगतको व्यवस्थापकीय र आर्थिक असन्तुलनका कारण सङ्कटमा रहेको साझा प्रकाशनलाई जोगाउन वर्तमान् व्यवस्थापनले नेतृत्व सम्हालेपछि ‘साझा बचाऊ अभियान’ संचालन गरी साझा प्रकाशनलाई लिलामीबाट बचाउन विभिन्न निकायसँग पहल गरेको शर्माले बताएका छन् ।
प्रतिक्रिया 4