Comments Add Comment

सुन तस्करी प्रकरणः वीरगञ्जका व्यवसायी दारूका समातिए

१२ असार, काठमाडौं । ३८ क्वीन्टल सुन तस्करी प्रकरणको छानबिन गरिरहेको विशेष अनुसन्धान समितिले एक व्यवसायीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्जका व्यवसायी राजु दारुका छन् । प्रहरी स्रोतका अनुसार उनलाई काठमाडौंको होटल अन्नपूर्णमा छोराको विवाह स्थलबाटै पक्राउ गरिएको थियो ।

यसअघि पक्राउ परेका हुन्डी कारोबारीहरुले उनको नाम लिएपछि दारूका पक्राउ परेको स्रोतको भनाइ छ । उनले तस्करीको सुन भारतमा लगेर विक्री गर्ने गरेको समितिको आशंका छ ।

स्रोतका अनुसार उनको वीरगञ्जको लोहरपट्टी रोडमा साई ज्वेलर्स र कृष्ण बुलियन नामक ज्वेलरी पसल छ । उनी वीरगञ्जमा ठूलो एवं प्रतिष्ठित सुन कारोबारीका रूपमा चिनिन्छन् ।

समितका एक अधिकारीले थप केही व्यवसायी पनि अाफूहरूको निगरानीमा रहेको बताएका छन् ।

यो पनि पढ्नुस् 

शून्य किलो सुनकाण्ड ! गृहमन्त्रीभन्दा ‘गोरे ग्याङ’ बलियो !

सुन तस्करीको छानविन निष्कर्ष उन्मुख, अझै भेटिएन राजनीतिक कनेक्सन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment