+
+
Shares

अर्थमन्त्रीको जवाफ : बजारमा सुनेको भरमा ६५ वर्षमै बृद्धभत्ता पाइदैन

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १५ गते २:३०

१४ असार, काठमाडौं । ६५ वर्षमै बृद्धभत्ता दिने शेरबहादुर देउवा सरकारको घोषणालाई नयाँ सरकारले बजेटमा समेटेन । बजेटमाथिको छलफलमा भाग लिँदै कांग्रेस सांसदहरुले यसलाई लिएर सरकारको आलोचना पनि गरे ।

बजेटका दफाबार छलफलमा देउवा सरकारका अर्थमन्त्री समेत रहेका कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले ६५ वर्षमा बृद्धभत्ता दिने, भूकम्प पीडितलाई एक लाख दिने र क्यान्सर लगायतका रोगका पीडितलाई ५ हजार मासिक भत्ता दिने निर्णय कहाँ पुग्यो भनेर अर्थमन्त्रीसँग स्पष्टिकरण माग गरे ।

अर्थमन्त्री युवराज खतिवडाले भने यसबारे कुनै निर्णय सरकारको अभिलेखमा नरहेको बताए ।

उनले भने, ‘हामीले अखबारमा सुनिएको हो । तर, सरकारको अभिलेखमा छैन । सरकारको अभिलेखमा नभएको कुरालाई सरकारले कसरी लिन्छ भन्ने यहाँबाट भन्ने भएन ।’

बृद्धभत्तबारे सरकारले आफ्नो नीति तथा कार्यक्रमअनुसार आगामी वर्षहरुमा सम्बोधन गर्दै जाने तर, बजारमा सुनिएको कुरा कार्यान्वयन गर्दै नहिड्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?