मंगलबार, २९ साउन, २०७५
OnlineKhabar.com
Suzuki

धानको ब्याडकै माला लगाएर मुख्यमन्त्रीले रोपे धान

Suzuki
टोपराज शर्मा

१५ असार, बुटवल । प्रदेश ५ सरकारले रुपन्देहीको सैनामैनामा रोपाईं महोत्सव गरेको छ । ‘धान उत्पादनमा बृद्धि, राष्ट्रको समृद्धि’ नाराका साथ पाँच नम्बर प्रदेश सरकार अन्तर्गत कृषि मन्त्रालयले रुपन्देहीको सैनामैनामा ८ बांसगढीमा विशेष रोपाईं महोत्सव गरेको हो ।

मुख्यमन्त्री शंकर पोखरेल,सभामुख पुर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु, कृषि मन्त्री आरती पौडेल, प्रदेश सांसदहरु विष्णु पन्थी, भूमिश्वर ढकाल,दधिराम न्यौपाने, थानकुमारी थापा लगायतले स्थानीय महिला रोपाहारसंगै धान रोपेर रोपाईं महोत्सव उद्घाटन गरे । सो अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले प्रदेशको आर्थिक विकास र समृद्धिको पहिलो आधार कृषिलाई मानेर प्राथमिकताका साथ वजेट विनियोजन गरेको बताए ।

वजेटमा कृषि क्षेत्रलाई ९० करोड विनियोजन गरेको उल्लेख गर्दै उनले कृषिको उत्पादकत्व बढाउन जमिन कब्जा गर्ने तर खेती नगरेर बांझै राख्ने परिपाटीको अन्त्य गर्न विशेष नीति र कानुन बनाइने बताए ।

कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कृषिजन्य उत्पादन बढाउन यान्त्रिकरण,व्यवसायिकरण र आधुनिकरणमा प्रदेश सरकारले जोड दिएको बताइन् ।

साना किसान सहकारी संस्था सैनामैनाको सहजिकरणमा भएको रोपाईं महोत्सवमा सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की,उपप्रमुख बिना रानामगरसहित पांच सय बढी महिला रोपाहार धान रोपाईंमा सहभागी भएका थिए ।

महोत्सवमा सांसदहरु किसानहरु पन्चेबाजाको तालमा नाचेका थिए । १५ वर्ष अघि वि.सं. ०६१ सालदेखि असार १५ लाई धान दिवसका रूपमा मनाइँदै आइएको छ ।

२०७५ असार १५ गते ११:५६ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

५ प्रतिकृयाहरू प्राप्त
  • dambaru raj baral लेख्नुहुन्छ    |   २०७५ असार १५ गते १२:०२

    25 arab ko chawal yayat …. ? …

    1
    0
    Share

  • नेपाल लेख्नुहुन्छ    |   २०७५ असार १५ गते १२:०३

    लाज लाग्यो, यी एक दिने कथित खेतालाहरु देखेर। कत्ति सुहाएन।

    0
    0
    Share

  • खडुनिधि संग्रौला, दुधे, झापा लेख्नुहुन्छ    |   २०७५ असार १५ गते १३:१३

    धान उत्पादनमा बृद्धि, राष्ट्रको समृद्धि’
    गर्छ भन्छ के के नारा नेकपाले नौटंकी
    सिचाई नभएको देशमा काँ धान फल्छ
    कोशी उच्चबाँध बेचेछंन समृद्धि कसरी बल्छ

    1
    0
    Share

  • Ashish baskota लेख्नुहुन्छ    |   २०७५ असार १५ गते १४:२६

    Dhan Ko beu ropna ko lagi ho mala ta phul ko lagako bhaya huntho ki?

    0
    0
    Share

  • महा अानन्द लेख्नुहुन्छ    |   २०७५ असार १५ गते १४:४३

    ब्याड भनेकाे विउ उमारेकाे ठाउँ हाे हेडलाइनले विउ भन्न खाेज्या हाे

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this