Comments Add Comment

मकवानपुरको छेपारेमा पहिरो खस्दा सडक अबरुद्ध

१८ असार, हेटौंडा । लगातारको वर्षापछि आएको पहिरोका कारण छोटो दूरीको मदन भण्डारी मार्ग अवरुद्घ भएको छ ।

निर्माणको क्रममा रहेको मार्गको ईन्द्रसरोवर गाउँपालिका–२, छेपारेमा पहिरो खस्दा हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली खण्ड अबरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहान पहिरो खसे पनि लगातार वर्षा हुँदा पहिरो हटाउन सकिएको छैन।

सडक अवरुद्घ भएपछि कुलेखानी–फाखेल खण्डमा सवारीचाप बढेको प्रहरी चौकी, फाखेलको भनाइ छ ।

संघीय राजधानी काठमाडौं जानका लागि प्रयोग हुने छोटो दुरीको दुई मार्ग मध्य सिस्नेरी खण्ड अवरुद्घ हुँदा सवारी चाप फाखेल खण्डमा बढेको हो ।

हेटौंडाबाट काठमाडौं दैनिक साना सवारी मात्रै एकतर्फी १ हजारभन्दा बढी सवारी गुड्ने प्रहरीको तथ्यांक छ । सवारी चाप बढेपछि बिगत डेढ बर्षदेखि सडकलाई फराकिलो बनाउन थालिएको थियो ।

तीन वर्षको ठेक्का लागेर काम थालिए पनि गति लिन नसक्दा सवारी सञ्चालनमा समस्या भएको यातायात व्यवसायीहरु बताउँछन् ।

छोटो दुरीको मार्गमा पूर्वी नेपालको सर्लाही, रौतहट, पर्सा, मकवानपुरका साना सवारी सुमो, निजी गाडी, मोटरसाइकल र स्थानीय रुटका भाडाका सवारी सञ्चालन हुने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment