+
+
Shares

ग्रिजम्यानलाई सुआरेजको चेतावनी : उरुग्वेसँग लगाव नदेखाऊ

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २० गते १४:४३

२० असार, काठमाडौं । उरुग्वेका स्ट्राइकर लुइस सुआरेजले फ्रान्सका फरवार्ड एन्टोनी ग्रिजम्यानलाई चेतावनी दिएका छन् । उनले ग्रिजम्यानलाई भनेका छन्, ‘उरुग्वेसँग लगाव भएको अभिनय नगर्नू ।’

ग्रिजम्यान परम्परागत दक्षिण अमेरिकी ड्रिंक ‘मेट’ मन पराउँछन्, उनी उरुग्वेकै मानिसले जस्तो स्पेनिस बोल्छन् र उनले उरुग्वे टिमको जर्सी लगाएर फोटो पनि खिचाएका छन् ।

उनले गत वर्ष उरुग्वे विश्वकपमा छनोट भएपछि मडि्रड एयरपोर्टमा पुगेर क्लबका टिममेटहरु डियगो गोडिन र जोसे गिमेनेजलाई बधाई दिएका थिए ।

एटलेटिको मड्रिडका खेलाडीले उरुग्वेप्रति विशेष आशक्ति देखाउँदै आएका छन् । त्यसैले धेरैले विश्वास गर्छन् कि शुक्रबार हुने क्वार्टरफाइनलमा उरुग्वेको सामना गर्नु उनको निम्ति कठिन क्षण हुनेछ ।

यद्यपि, सुआरेजको धारणा अर्कै छ । ‘उनले आफूलाई आधा उरुग्वियन भने पनि फ्रेन्च नै हुन्’ बार्सिलोनाका फरवार्डले भने, ‘एउटा उरुग्वियनको फिलिङ उनले बुझ्न सक्दैनन् । यति थोरै मानिसहरुबीचबाट राम्रो टिम बनाएर विश्वकपमा प्रतिस्पर्धा गर्नुपर्दाको दुःख उनलाई थाहा छैन ।’

उरुग्वेको जनसंख्या ३५ लाख मात्रै छ, जबकी फ्रान्सको ६ करोड ७० लाख छ । ‘उनको आफ्नो बानी हुन सक्छ, बोल्ने स्टाइल हुन सक्छ । तर हाम्रो जस्तो फिलिङ हुन सक्दैन’ सुआरेजले भने ।

उनले अगाडि थपे, ‘मलाई थाहा छैन कि उनी के सोचिरहेका छन् । तर यो विश्वकप हो । हाम्रो लागि यो विशेष छ । उनका लागि के छ थाहा भएन ।’

विश्वकपको सेमिफाइनल प्रवेशका लागि उरुग्वे र फ्रान्स शुक्रबार निज्नी नोभगोरोडमा भिड्दैछन् । जसरी उरुग्वेका लागि सुआरेज महत्वपूर्ण छन् त्यसैगरी महत्वपूर्ण छन् प|mान्सका लागि गि्रजम्यान ।

उरुग्वेप्रति गि्रजम्यानको आशक्ति सन् २००९मा उनले रियल सोसिडेडबाट फर्स्ट डिभिजनमा पहिलोपटक खेल्दादेखिको हो, जहाँ उरुग्वेका कोच मार्टिन लासर्ट टिमका प्रशिक्षक थिए ।

उरुग्वेका कार्लोस बुयनोसँग उनको निकट सम्वन्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?