Comments Add Comment

मरेका १७० कुखुरा बेच्न हिँडेको अभियोगमा ३ जना पक्राउ

२२ असार, काठमाडौं । गाडीमा मरेको कुखुरा लिएर बिक्री गर्न हिँडेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार साँझ सवा ५ बजे काठमाडौंको नयाँबजारमा बा १७ च १२३६ नम्बरको पिकअप भ्यानमा १ सय ७० वटा मरेको कुखुरा लिएर बिक्री गर्न हिँडेका कुखुरा ब्यापारी मकवानपुर हेटौंडाका हिमाल बर्तौला, गाडी चालक मकवानपुर हेटौंडाका चन्द्रबहादुर अधिकारी र सहचालक मकवानपुर इचुङका अनिश दोङलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

गाडीको पछाडि ३ वटा प्लाष्टिकको बोरामा र भ्यानको पछाडिको खालि भागमा समेत गरी १७० वटा मरेको ब्रोइलर कुखुरा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

प्रहरीले मरेको कुखुरा नष्ट गरेको छ भने पक्राउ परेकाहरुलाई कालोबजारी ऐन अनुसार कारबाही गर्ने जानकारी दिएको छ । मरेको कुखुराको तौल ३ सय २५ किलो रहेको थियो । प्रहरीका अनुसार ती कुखुराहरु हेटौंडाबाटै ल्याइएको र आफ्नो सम्पर्क रहेको होटलमा बिक्री गर्दै हिँडेको पाइएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment