Comments Add Comment

इंग्ल्याण्डसँग कठिन तर सनसनीपूर्ण खेलको अपेक्षा गरौं : मोडरिक


२४ असार, काठमाडौं । पेनाल्टी सुटआउटमा लगातार दुईपटक भाग्यमानी ठहरिएको क्रोएसिया बुधबार सेमिफाइनलमा बलियो इंग्ल्यान्डसँग भिड्दैछ ।

कप्तान लुका मोडरिकले इंग्ल्यान्डविरुद्ध आफ्नो टिमले उच्च मनोबलका साथ खेल्ने बताएका छन् ।

रसियाविरुद्धको क्वार्टरफाइनलमा क्रोएसिया २-१ ले अगाडि थियो । तर, अन्तिम समयमा घरेलु टिमका राइट ब्याक मारियो फर्नान्डेसले बराबरी गोल गरेर खेललाई पेनाल्टी सुटआउटमा पुर्‍याएका थिए । अघिल्लो शनिबार पेनाल्टीमै डेनमार्कलाई हराएको क्रोएसियाले यसपाली पनि बाजी मार्‍यो र सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो ।

‘हामीले इंग्ल्यान्डविरुद्ध एउटा कठिन र सनसनीपूर्ण सेमिफाइनल म्याचको आशा गरेका छौं । यो विश्वकपका सबै म्याचहरु यस्तै छन्’ उनले भने, ‘हामीले अहिलेको क्षणमा रमाउँदै इंग्यान्डको लागि तयारी गर्नुछ । हामीले उनीहरुको स्वीडेनविरुद्धको खेल हेर्‍यौं र उनीहरु कति उत्कृष्ट छन् भन्ने देख्यौं । हामीले आफ्नो खेलस्तरलाई बढाउनुपर्छ ।’

रेफ्रीले अन्तिम सिठ्ठी फुकेपछि क्रोएसियाका म्यानेजर लाट्को डालिकले खुशीको आँशु झारेका थिए । यसअघि सन् १९९८ मा प|mान्समा आयोजित विश्वकपमा क्रोएसिया सेमिफाइलसम्म पुगेको थियो ।

‘यो कुनै सुन्दर खेल थिएन, यो एउटा संघर्ष र युद्ध थियो । भगवानको कृपाले हामी भाग्यमानी बन्यौं । इभान र्‍याकिटिकले विजयी पेनाल्टी प्रहार गर्दा मैले आफूलाई थाम्नै सकिनँ । म सामान्यतया रुन्न तर विश्वकपको सेमिफाइनलमा स्थान बनाउनु मेरो लागि धेरै ठूलो कुरा थियो’ उनले भनेका छन्

डालिसले इंग्ल्यान्डलाई पराजित गर्ने क्षमता आफूहरुसँग रहेको उनले बताए । ‘हामी आफ्नो उत्कृष्ट खेल खेल्नेछौं । यो अर्को युद्ध हुनेछ,’ उनले भने, ‘यो विश्वकपमा कोही पनि दाबेदार छैन । प्रत्येक खेल प्रतिस्पर्धात्मक छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment