Comments Add Comment

राष्ट्रिय पुनर्निमाण प्राधिकरणका इञ्जिनियर ५ लाख घुससहित पक्राउ

२६ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले राष्ट्रिय पुनर्निमाण प्राधिकरणका सब–इञ्जिनियरलाई ५ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

मंगलबार राति प्राधिकरणको नुवाकोट कार्यालयमा कार्यरत् सब–इञ्जिनियर लोकेन्द्र थापा बबरमहलको रातो भाले रेष्टुरेन्टबाट घुससहित पक्राउ परेका हुन् ।

आयोगका प्रवक्ता मदन कोइरालाका अनुसार थापाले घुस माग गरेको सूचनाको आधारमा उनलाई रंगेहात पक्राउ गरिएको पुष्टि गरे ।

आयोगका अनुसार थापाले भूकम्पमा भत्किएको महेन्द्र प्राथमिक विद्यालयको निर्माण पूरा भएको पत्र दिनका लागि सेवाग्राहीसँग रकम माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment