+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

एनएमएले रोक्यो गोविन्द केसीलाई लिन जुम्ला जान लागेको हेलिकोप्टर

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २७ गते १८:१४
जुम्लामा अनशनरत् डा. केसी ।

२७ असार, काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए)ले आफ्ना प्रतिनिधि नपठाएपछि अनसनरत डा. गोविन्द केसीलाई लिन जान लागेको हेलिकप्टर रोकिएको छ ।

सरकारको क्याविनेट डाक्टर मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह तथा एनएमएका प्रतिनिधिसहित हेलिकोप्टर जुम्ला जाने तयारी थियो ।

डा. केसीको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई सरकारले काठमाडौ ल्याउने व्यवस्था गरेको थियो । यसको लागि सरकारले नेपाली सेनाको हेलिकोप्टरसमेत तयारी अवस्थामा राखेको थियो ।

तर, डा. केसी काठमाडौ आउने नआउने टुङ्गो नभएपछि भने एमएमएको टिम सरकारी टोलीसित जुम्ला जान हच्किएको छ ।

‘शिक्षा मन्त्रीबाट पहल भएकोले हामीले डा. केसी निकटहरुसित कुरा गरी उहाँलाई काठमाडौं ल्याइ वार्तामा ल्याउनु पर्छ भनेका थियौ ।’ स्रोतले भन्यो, ‘तर, डा. केसीले आउन नमानेपछि जर्बजस्ती गर्न सकेनौ ।’

यद्यपि, डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भएमाउनको जीवन रक्षार्थ कुनै पनि हालतमा डा. केसीलाई काठमाडौ ल्याउनपछि नपर्ने एनएमएले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?