Comments Add Comment

विदेश पुगेका बलात्कार आरोपी पक्राउ


३२ असार, काठमाडौं । बलात्कार मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले युनाइटेड अरब इमिरेट्सबाट पक्राउ गरी नेपाल ल्याएको छ ।

इन्टरपोलको सहयोगमा प्रहरीले महोत्तरीमा बलात्कार घटनाका आरोपी सिन्धुली मनिणठाकुर गाउँपालिका ४ का सिंहलाल थिङलाई आइतबार नेपाल ल्याएको हो ।

२०७४ असोज २२ गते स्थानीय २५ वर्षकी यु्वतीलाई बर्दिबासको विनायक होटलमा लगी डर धाक धम्की देखाएर जबर्जस्ती करणी गरेको भनी थिङविरुद्ध इलाका प्रहरी कार्यालय बर्दिबासमा उजुरी परेको थियो ।

उनी विदेश गएको थापा पाएपछि प्रहरी प्रधान कार्यालयले इन्टरपोल शाखामार्फत डिफ्युजन नोटिस जारी गरेको थियो ।

उनलाई इन्टरपोल युएईको सहयोगमा पक्राउ गरिएको हो । उनलाई सोभमबार आवश्यक कारबाहीका लागि बर्दिबास पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment