Comments Add Comment

कमल थापाले भने : संविधानमा लेखे पनि नलेखे पनि नेपाल हिन्दूराष्ट्र नै हो

२ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आउँदो फागुन ७ गतेदेखि हिन्दू राष्ट्र पुनर्स्थापनाका लागि निणर्ायक संघर्ष गर्ने घोषणा गरेको छ ।

काठमाडौंमा राप्रपाले आयोजना गरेको हिन्दू राष्ट्र पुनस्र्थापना जनजागरण अभियानको उद्घाटन गर्दै उनले देशब्यापी जागरण अभियान सञ्चालन गर्ने र फागुन ७ गतेदेखि निणर्ायक आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

‘देशभरी जागरण अभियान सञ्चालन गर्ने र उपयुक्त संगठनात्मक आधार तयार भएपछि २०७५ साल फागुन ७ गतेदेखि हिन्दू राष्ट्र पुनस्र्थापना निणर्ायक र अविछिन्न जनसंघर्ष गर्नेैछौं’ उनले भने ।

अध्यक्ष थापाले आफूहरुको आन्दोलनअघि नै संविधान संशोधनमार्फत धर्म निरपेक्ष हटाउन सरकारलाई आग्रहसमेत गरे ।

हिन्दू राष्ट्र स्थापनाका लागि आन्दोलन गर्न आवश्यक परे पार्टी र झण्डा प्रयोग नगरीस्वतन्त्र आन्दोलन गर्न पनि तयार रहेको उनले बताए । ‘आवश्यक परे पार्टीको नाम र झण्डा प्रयोग नगरी आन्दोलन चलाउन तयार छौं’ उनले भने ।

अध्यक्ष थापाले संविधानमा लेखिए पनि नलेखिए पनि नेपाल हिन्दू राष्ट्र नै रहेको भन्दै जनताको चाहना नहुँदानहुँदै स्वार्थी राजनीतिको कारण विदेशीको इशारामा हिन्दू राज्य हटाएको दावी गरे । उनले यसलाई राजनीतिमार्फत नै सुधार गर्नुपर्छ भन्दै थपे ‘राजनीतिले गरेको फोहर राजनीतिले नै सफा गर्नुपर्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment