+
+
Shares

तारा एअरले भित्र्यायो नयाँ ट्वीनअटर विमान

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ६ गते १३:१०


६ साउन,काठमाडौं । तारा एअर प्रालिले आफ्नो नयाँ ट्विनअटर वायुयान भित्र्याएको छ। सो विमान सेसेयल्स, माल्दिभ्स, भारत हुँदै काठमाडौं अवतरण गरेको हो ।

चालक दलमा वरिष्ठ क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, वरिष्ठ क्याप्टेन पवन सिंह नगरकोटी तथा प्राविधिक सहयोगार्थ ईन्जिनियर जगत लामा रहेका थिए।

चालकदलका साथमा नेपाल नागरिक उड्डयन प्राधिकरणका तर्फबाट एअर वर्दिनेस् ईनिस्पेक्टर ईन्जिनियर विधान श्रेष्ठ पनि थिए।

सो नयाँ विमान भाईकिङ ४००श्रृङ्खलाको हो। भाईकिङ्ग ४०० श्रृङ्खलाका यी ट्विनअटर वायुयानहरु सजिलै नेपालका चुनौतीपूर्ण विमानस्थलहरु जस्तै लुक्ला, डोल्पा, तथा रारामा उडान भर्न सक्षम रहेको कम्पनी बताउँछ ।

रितपुर्वक सबै जाचँहरुबाट सफलतापुर्वक गुज्रिएर, परीक्षण उडान समेत सफलतापूर्वक सम्पन्न गरेपछि सो विमानलाई नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा 9N-ALO दर्ता नम्बर प्रदान भएको छ।

सो नयाँ वायुयान थप भएबाट नेपालको सन्२०२०सम्ममा २० लाख पर्यटक भित्राउने लक्ष्य तारा एअरले समेत महत्वपुर्ण योगदान पुर्‍याउन सक्नेमा कम्पनीले विश्वास व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?