+
+

गोविन्द केसीको जीवन रक्षा गर्न पूर्वराष्ट्रपति यादवको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ७ गते १६:१५

७ साउन, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाका गर्न सकारलाई आग्रह गरेका छन् ।

डा. केसीका मागहरु बार्ताबाट छिटो समाधान गर्न सरकारलाई संवेदनशील बन्न आग्रह गर्दै पूर्वराष्ट्रपति यादवले नागरिकको जीउ, धनको सुरक्षा गर्ने दायित्व सरकारकै भएको स्मरणसमेत गराए ।

सोमबार शिक्षण अस्पताल महाराजगंजमा पुगेर केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि उनले संचारकर्मीहरुसँग कुरा गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
केसीको अवस्था संवेदनशील भएको भन्दै उनले समस्या समाधान गर्नेतर्फ सरकार गम्भीर हुनुपर्ने बताए ।
डाक्टर केसीले पछिल्लो पटक आमरण अनसन सुरु गरेको २४ औं दिन पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?