Comments Add Comment

पश्चिम नेपालका ६ जिल्लामा ऊर्जा कर्जा सुरू

११ साउन, बुटवल । रुपन्देहीसहित ६ वटा जिल्लामा एकैपटक ऊर्जा कर्जाको औपचारिक शुभारम्भ गरिएको छ । ऊर्जा कर्जा रुपन्देही, कपिलबस्तु, नवलपरासी, दाङ, बर्दिया र कञ्चनपुर गरी ६ जिल्लाका १६ शाखामा लागू हुनेछ ।

ऊर्जा कर्जाको शुक्रबार एक औपचारिक कार्यक्रमका बीच शुभारम्भ गरिएको जनउत्थान सामुदायिक लद्युवित्त विकास बैंकका कार्यकारी प्रमुख श्रीराम पोखरेलले बताए ।

‘ऊर्जा कर्जाको प्रबर्द्धनका लागि जनउत्थान सामुदायिक लद्युवित्त विकास बैंक र सक्षम परियोजनाका बीचमा यसअघि समझदारी समेत भैसकेको छ, हामी सबैलाई उद्यमशील बनाउन चाहन्छौं’ पोखरेलले भने ।

ऊर्जा कर्जाको प्रबर्द्धनका लागि घरेलु तथा व्यावसायिक प्रयोजनका लागि सुधारिएको चुलो, बायो ग्याँस प्लान्ट, सोलार वाटर हिटर, सनफ्लावर पम्प, सोलार

रेफ्रिजेरेटर, सोलार सौर्य विद्युत प्रणाली र सोलार कन्डक्सन ड्रायरमा कर्जा दिइने छ ।

बैंकका अध्यक्ष बाबुराम विश्वकर्माले साना लद्यु उद्यम तथा आय आर्जनका कार्यहरुका लागि उचित मूल्यका कर्जाहरु सदस्यहरु दिने लक्ष्यका साथ ऊर्जा कर्जा सुरु गरिएको बताए ।

उनले स्वच्छ तथा जलबायु अनुकुल ऊर्जाको पहुँच सहज बनाउन ऊर्जा कर्जाले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

बैंकले सोलार रेफ्रिजेरेटरका लागि १ लाख ७० हजारसम्म वार्षकि १६ प्रतिशत घट्दो व्याजदरमा ३ वर्षसम्म क्रृण लगानी गर्नेछ ।

त्यस्तै सोलार वाटर हिटरका लागि ६० हजार, सोलार पम्पका लागि ८५ हजार, बायो ग्याँसका लागि ३ लाख, सोलार कन्डक्सन ड्रायरका लागि ४५ हजार, सौर्य

विद्युत प्रणालीका लागि २० लाख रुपैयाँसम्म बढिमा १६ प्रतिशत व्याजमा ३ बर्षका लागि क्रृण पाइनेछ ।

उक्त कर्जामा व्यक्तिगत कर्जा समूहको जमानीमा २ लाख र २ लाख भन्दा बढिमा धितो आवश्यक पर्ने जनाइएको छ ।

सो क्रममा सक्षम परियोजनाका प्रतिक देवकोटा, अजम्बरी विकास फाउण्डेसनका ज्ञानन्द्रराज शर्मा, कोशती टेडिङ कन्र्सन प्रा.लि बिराटनगरका सागर कोइराला , विनरक इन्टरनेशनलकी निरा भटट, सुर्योदय ऊर्जा कम्पनीका नन्दन अर्याल, घरेलु बायो, गोवर ग्यास कम्पनीका मधु बस्याल,बैकका इन्द्र बराली पत्रकार रुद्रहरी कुवर लगायतले बोल्दै उद्यमशीलता बिना मुलुकको आर्थिक समृद्धि सम्भब नभएको बताए ।

पहिलो चरणमा करिब ३ हजार जनालाई कर्जा दिइने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment