+
+

गगन थापाले स‌ंसदमा भने : अब डा. केसीलाई हार्न दिन्नौं

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १२ गते ३:००


११ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले अब डा. गोविन्द केसीलाई हार्न नदिइने बताएका छन् ।

उनले नौं बुँदे सहमति गरेसँगै तोडिएको अनसनलाई नै अन्तिम बनाउन सरकार र संसदलाई आग्रह पनि गरे ।
शुक्रबार संसदमा बोल्दै थापाले डा. केसीसँग सहमति गरेकोमा सरकारलाई धन्यवाद दिएका छन् ।

एउटै व्यक्ति एउटै विषयका लागि पटक-पटक अनसन बस्नु सबैका लागि लज्जाको विषय भएको उनले बताए ।

पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले भने, ‘हामी सम्झौता गर्छौं तर, पालना गरिरहेका छैनौं । त्यसैले यो पटक अनसनको श्रृङ्खलालाई अन्तिम बनाऔं । आज जे कुुरा सरकारको तर्फबाट संसदमा पेश गरिएको छ, संसदको सम्पत्ति भएको छ । हामी सरकार र संसदमाथि विश्वास गर्छौं ।’

‘यो पटक डा. केसीलाई पनि हार्न दिनौं र हामी आफू पनि हार्दैनौं । जे सम्झौता भएको छ, त्यसअनुसार सरकारले पनि जिम्मा लिन्छ, नेकपाले पनि जिम्मा लिन्छ ।’

कांग्रेस चिकित्सा शिक्षा अध्यादेशका कारण नैतिक बन्धनमा बाँधिएको भन्दै उनले सहमतिअनुसार संसदबाट कानुन बनाउन पूर्ण सहयोग गर्ने बचन दिएका छन् ।

मुखै बैरी

डा. केसीको आन्दोलनमा सक्रिय सहभागिता जनाएका कांग्रेस सांसद थापाले आफूले नै डा. केसीको वार्ता टोलीलाई विधेयक फिर्ता नलिँदासम्म वार्तामा नबस्ने अडान छाड्न आग्रह गरेको तर, आफैंलाई वार्ता भाँडेको आरोप लागेको गुनासो गरे ।

आफूले १० वर्षसम्म प्रतिबन्ध, ५ वटा मेडिकल कलेजलाई सम्बन्धनको विकल्प नभएको भन्दै गालीगलौज, षड्यन्त्रकारी, भँडुवा भनेर लखेट्ने काम भएको स्मरण गर्दै उनले भने, ‘आखिरमा सत्य त्यही थियो । त्यही सम्झौता गर्नुपर्‍यो ।’

कांग्रेसले संसदमा अवरोध गर्दा केहीले कांग्रेस किन उठेको भनेेर प्रश्न गरेको सुनाउँदै उनले भने, ‘कांग्रेस उठिरहृयो र सरकार डा. केसीलाई उठाउन बाध्य भयो ।’

सहमतिका बाबजुद ‘मुखै बैरी’ भने जस्तो सत्तारुढ दलका नेताहरुबाट छुच्चो अभिव्यक्ति आएको भन्दै उनले असन्तुष्टि जनाए । नेताहरुले ‘कांग्रेसले षड्यन्त्र गरेको थियो तर, हामी सहमति गर्न सफल भयौं’ भनेको सुनेको भन्दै बधाइ दिँदै ब्यंग्य गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?