+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares

उत्तर कोरिया र मकाउ पठाउँछु भनेर ठग्ने दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १३ गते १९:०८

१३ साउन, काठमाडौं । उत्तर कोरियाको एक कृषि फर्ममा जागिर लगाइदिने भन्दै ठग्ने कार्यमा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीका दिनेश भनिने रामबहादुर थापा, मकवानपुरको दिनेश श्रेष्ठ र कल्पना ढुंगाना छन् ।

ब्यूरोका एसपी कृष्णहरि शर्माका अनुसार उनीहरुले उत्तर कोरिया जान प्रतिव्यक्ति ७ लmाख लाग्ने भन्दै झक्याएर रकम लिएर ठगी गरेको खुलेको छ ।

उनीहरुले हालसम्म ५ जनाबाट ४२ लाख रुपैयाँभन्दा बढी रकम लिएर ठगी गरेको ब्यूरोमा उजुरी परेको छ ।

पक्राउ परेकाहरुमाथि जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरेर ठगी मुद्दामा अनुसन्धान भइरहेको छ । यसैबीच, मकाउमा जागिर लगाइदिने भन्दै रकम असुली गर्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरीको धरानका बालकृष्ण भण्डारी छन् ।

उनलाई ब्यूरोको टोलीले ललितपुरको थसिखेलबाट पक्राउ गरेको एसपी शर्माको भनाइ छ ।

उनले त्यसरी मकाउ पठाइदिन्छु भनेर २३ जनाबाट २ लाख ७५ हजार रुपैयाँ उठाएको जनाइएको छ ।

ठगीमा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको सीआईबीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?