१५ साउन, काठमाडौं । सशस्त्र प्रहरी बलको मुख्यालले ३ महिनाको अवधिमा आफ्ना २ सय १० जना अधिकृतलाई कारबाही गरेको छ ।
संगठनको मर्यादा विपरित कार्य गर्ने सिनियरदेखि जुनियर अधिकृतसम्मलाई कारबाही गरिएको हो ।
सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता डिआईजी बाबुराम पाण्डेका अनुसार वैशाख, जेठ र असार महिनामा मात्रै २१० जना अधिकृतलाई कारबाही गरिएको छ ।
‘बैशाखमा ९०, जेठमा ८२ र असारमा ३८ जना अधिकृत कारबाहीमा परेका छन्’, पाण्डेले भने, ‘हामी अनुशासनहीन काम, कारबाही गरी जवाफदेही नहुने र आचरण विपरितका काम गर्ने कर्मचारीविरुद्ध कडा रुपमा प्रस्तुत भएका छौं ।’
पाण्डेका अनुसार यो अवधिमा कमाण्ड तथा जिम्मेवारी सन्तोषजनक नभएका ३ युनिटका प्रमुखलाई जिम्मेवारीबाट हटाइएको छ ।
‘सिनियर र जुरियर अधिकृततर्फ वैशाखमा १/१ र जेठमा २/२ जना गरी ६ जना बढुवा रोक्का गरिएको छ’, पाण्डेले भने, ‘३६ जना जुनियर अधिकृत अन्य विभिन्न कारबाहीमा परेका छन् ।’
त्यस्तै, २ जना बिल्लादार तथा जवानलाई नोकरीबाटै हटाइएको पाण्डेले जनाए । उनका अनुसार ५ जना जिल्लादार तथा जवानको घटुवा, ५३ जनाको बढुवा रोक्का र १ सय ५ जनालाई अन्य कारबाही गरिएको छ ।
यो पनि पढ्नुस्
संघीय संरचनामा यस्तो हुनेछ सशस्त्र प्रहरी, एकैपटक युनिटै सरुवा गर्ने व्यवस्था
प्रतिक्रिया 4