+
+
Shares

एक महिनामा सशस्त्र प्रहरीका ५ सय २६ कर्मचारीले राजीनामा दिए

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १५ गते १६:२७

१५ साउन, काठमाडौं । सशस्त्र प्रहरीमा एक महिनामा ५ सय २६ अधिकारीले सेवाबाट राजीनामा दिएका छन् । राजीनामा दिनेमा सबैभन्दा बढी वरिष्ठ हवल्दार छन् ।

सशस्त्र प्रहरी मुख्यालयले असार महिनामा मात्रै विभिन्न तहका ५ सय ३६ जनाले राजीनामा दिएको जनाएको हो ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा एक विवरण सार्वजनिक गर्दै सशस्त्रका प्रवक्ता एवं डिआईजी बाबुराम पाण्डेले बैशाखमा १ सय जना, जेठमा १ सय ६० जना र असारमा ५ सय २६ जना गरी ३ महिनामा ७ सय ८६ जनाले राजीनामा दिएको जनाएको हुन् ।

उनका अनुसार ३ महिनाको अवधिमा सबैभन्दा बढी ४ सय ६५ जना वरिष्ठ हवल्दारले राजीनामा दिएका छन् ।

त्यस्तै, सहायक निरीक्षक १ सय ३३ जना, जवान ९८ जना, नायब निरीक्षक २७ जना, हवल्दार ३१ जना, सहायक हवल्दार २२ जना, परिचर ७ जना र प्रहरी निरीक्षक ३ जनाले राजीनामा दिएका छन् ।

यो अवधिमा २ सय २ जनाले अनिवार्य अवकास पाएका छन् ।

समयमा बढुवा नभएका कारण उनीहरुले राजीनामा दिएको हुन सक्ने बताइएको छ ।

डिआईजी पाण्डेले यो समस्यालाई मध्यनजर गर्दै कर्मचारीहरुको वृत्ति, विकासलाई ध्यानमा राखेर काम भइरहेको बताए ।

यो पनि पढ्नुस् 

संघीय संरचनामा यस्तो हुनेछ सशस्त्र प्रहरी, एकैपटक युनिटै सरुवा गर्ने व्यवस्था

तीन महिनामा सशस्त्र प्रहरीका २१० अधिकृतमाथि कारबाही, २ जनाको जागिर चट्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?