+

जीवनशैलीको कारण यौनरोगः यी अवस्थामा जोगिनुहोस् है

२०७५ साउन  १६ गते १६:०१ २०७५ साउन १६ गते १६:०१
जीवनशैलीको कारण यौनरोगः यी अवस्थामा जोगिनुहोस् है

विज्ञान र प्रविधिले मानिसको जीवनशैली सहज बनाए पनि आफ्नो अस्तव्यस्त जीवनशैली र व्यस्तताले अहिले मानिसको स्वास्थ्य र सेक्स लाइफमा भयावह पैदा गरेको छ । विश्वमा कैयौं मानिसहरु यौन रोग जस्तो खतरनाक रोगको सिकार हुन पुगेको छ ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर) र अमेरिकाको क्यालिफोर्निया युनिभरसिटीले गरेको एक अध्ययन अनुसार ८० प्रतिशत मानिस कुनै न कुनै प्रकारको यौन रोगको सिकार भएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

उक्त अध्ययनले जनाएअनुसार दम्पतीहरुलाई सामाजिक, पारिवारिक स्थिति, रोग, लैंगिक व्यवहार, एचआईभी वा अन्य यौन रोगको वारेमा प्रश्न सोधिएको थियो । जसमा २८ प्रतिशत मानिस आफ्नो साथीको कारण यौन रोगको सिकार भएको जनाएको थियो ।

उक्त अध्ययनमा भाग लिएका दम्पतीहरुमा अधिकाशं पुरुष इरेक्टाइल डिसफंक्शन, एचआईभी र गोनोरियाबाट पीडित देखिन्थ्यो । परिक्षणमा एकतिहाई महिलामा ट्राइकोमोनास बैजाइनलिस रोग पाएको थियो ।

जर्नल अमेरिकन मेडिकल एसोसिएशन (जामा) मा प्रकाशित लेख अनुसार १८-५४ वर्षको स्त्री र पुरुष विच गरेको सर्वेक्षणमा ४३ प्रतिशत महिला र ३१ प्रतिशत पुरुष लैंगिक समस्याले ग्रसित थियो ।

जीवनशैली र यौन

मानिसको सेक्स लाइफ उसको जीवनशैलीमा निर्भर गरेको हुन्छ । जीवनशैली परिवर्तन गर्ने वित्तिकै पहिलो प्रभाव उसको सेक्स लाइफमा परेको हुन्छ ।

आधुनिक जीवनशैली वा सुविधासम्पन्न जीवन, दिनानुदिन मध्यरातसम्मको व्यस्तता, शारीरिक श्रमको कमी, जंक फास्टफूड खाना र रातीसम्म पार्टि धुमपान र मद्यपानको सेवनले मानिसको सेक्स लाइफमा नकारात्मक प्रभाव पारेको हुन्छ र यौन रोग जस्ता समस्या उत्पन्न हुन सक्छ ।

जति तीव्र गतिमा विज्ञानले सुख सुविधा दिएको छ त्यति नै मानिसमा एकोहोरोपन, तनाव, मोटोपन, उच्च रक्तचाप, माइग्रेन, मधुमेह र हृदय रोग जस्ता मानसिक र शारीरिक रोगहरु पनि बढ्दै गएको छ ।

जीवनशैली र प्रजनन क्षमता

आधुनिक जीवनशैलीले मानिसको स्वास्थ्यमा असर पार्नुको साथै यसले प्रजनन क्षमतामा पनि नकारात्मक रुपमा प्रभावित पारेको हुन्छ । बेलायतमा भएको एक अध्ययन अनुसार ५० वर्ष अघि १ मिलिलिटर वीर्यमा शुक्राणुको संख्या ११ करोड ३० लाख थियो भने आज यो घटेर ४ करोड ७० लाख पुगेको छ । शुक्राणुको संख्या घट्नुका साथै यसमा पाईने गुणमा पनि कमी आएको छ । परिवर्तनशील जीवनशैलीको कारण मानिसमा प्रजनन क्षमतामा पनि कमी आएको छ । यदि पुरुषले धुमपान वा अन्य नशालु पदार्थको प्रयोगमा कम गरेको खण्डमा वा मोबाइलको कम प्रयोग गरेमा शुक्राणुमा हुने समस्याबाट मुक्त हुन सकिने जानकारीहरु बताउँछन् ।

विवाहपुर्व यौन सम्बन्ध

समाज विकशित भएसँगै मानिसमा यौन सम्बन्धलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आएको छ । विवाह पुर्व नै यौन सम्बन्ध राख्नु साधारण कुरा भएको छ । असुरक्षित यौन सम्बन्धले महिलामा यौन रोग जस्तै सिफलिस, गोनोरिया र पुरुषमा एचआईभी एड्स जस्ता गम्भीर रोग लाग्ने खतरा पनि बढ्दै गएको छ । यदि महिलालाई यस्ता कुनै पनि यौन लागेको खण्डमा पछि गर्भ टुहिने जस्ता समस्या उत्पन्न हुन सक्छ ।

धुमपान र नशालु पदार्थको प्रयोग

मध्यरात सम्म पार्टिमा धुमपान र मद्यपानको प्रयोगले पनि सेक्स लाइफमा प्रभाव पारेको हुन्छ । धुमपान गर्ने पुरुषमा नपुंसक हुने सम्भावना धेरै पाएको छ । धुमपान गर्ने पुरुषमा शुक्राणुको संख्या र त्यसको गतिशिलतामा पनि कमी आउँछ । धुमपान गर्ने महिलामा मेनोपौज हुने सम्भावना हुन्छ जसले इस्ट्रोजनको स्तर घट्छ र मासिक धर्मसँग सम्बन्धित समस्या उत्पन्न हुन्छ ।

शारीरिक श्रमको अभाव

व्यस्त जीवनशैलीले गर्दा मानिसमा शारीरिक व्यायाम गर्ने फुर्सद पाउँदैन । शारीरिक र मानसिक तनावबाट मुक्त हुनको लागि कम्तिमा पनि विहानको समयमा १ घण्टा शारीरिक व्यायाम गर्नु पर्छ । यसले मानिसको डिप्रेसन, पाचन प्रणाली, मधुमेह र उच्च रक्तचाप जस्ता समस्याबाट मुक्त हुन सकिन्छ । तर अहिलेको जीवनशैलीले मानिसमा अल्छीपना उत्पन्न गरेको छ । शारीरिक व्यायामको अभावले पनि सेक्स लाइफमा प्रभाव पारेको हुन्छ ।

एउटा गैरसरकारी संस्थाले आधुनिक जीवनशैलीले ग्रसित १ हजार महिला, पुरुष र बालबच्चामा गरेको अनुसन्धानमा ७७ प्रतिशत पुरुष, ६३ प्रतिशत महिला र ७५ प्रतिशत बच्चाहरु दिनमा ३० मिनेट पनि शारीरिक व्यायाम नगरेको पाइएको छ ।

खानपान र निन्द्रा

विहान ओछ्यानबाट उठ्ने वित्तिकै चिया पिउनुपर्ने र अफिसको लागि दौडिहाल्ने वानीले गर्दा पनि स्वास्थ्यमा प्रभावित पारेको हुन्छ । शरीरको लागि आवश्यक पौष्टिक तत्वको अभावले डायविटिज, क्यान्सर, मोटोपन जस्तो रोग निम्त्याउने गर्दछ । पौष्टिक तत्वको अभावले प्रतिरोधक क्षमता र शरीरको उर्जा पनि कमी देखाउँछ । स्वस्थ पौष्टिक आहार र राम्रो निन्द्राले मानिसमा रोगसँग लड्ने क्षमतामा वृद्धि गर्दछ ।

विशेषज्ञको सल्लाह

आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर यौन सम्बन्धसँग सम्बन्धित कुरा मनोविज्ञान डाक्टर के आर धरले भनेका छन् कि, ँँपरिवर्तनशिल जीवनशैलीमा कामको व्यस्तताले सेक्स जस्तो महत्वपूर्ण क्रियासँग पर भाग्दै गएको छ । उनीहरुमा यौन सम्बन्धको इच्छामा कमी आउको छ । दम्पतीमा शारीरिक आकर्षणको अभावले सेक्स सम्बन्धि समस्या निम्त्याएको छ ।

केही दम्पती आफ्नो सेक्सुअल लाइफ आफ्नो स्तरमा संतुष्ट बनाउनको लागि पोर्न भिडियो वा सेक्स टोयको प्रयोग गर्दछ तर यो तरिका एकदम गलत हो । स्वस्थ सेक्सको अभावले अनेक शारीरिक समस्या उत्पन्न गरेको हुन्छ । यौन शिक्षाको अभाव र समाजमा यौनसँग सम्बन्धी केही पनि कुरा खुलेर कुरा गर्न हिचकिच्याएको हुन्छ । यस्तो परिस्थितिमा यौन विशेषज्ञको सरसल्लाह लिनु उपयुक्त हुन्छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

नेपालमा फिजियोथेरापी सेवा आवश्यक पर्ने ५ मुख्य स्वास्थ्य समस्या

नेपालमा फिजियोथेरापी सेवा आवश्यक पर्ने ५ मुख्य स्वास्थ्य समस्या

‘बिरामीले चिउरा, घिउदेखि कुकुरसम्म गिफ्ट दिए’ (भिडियो)

‘बिरामीले चिउरा, घिउदेखि कुकुरसम्म गिफ्ट दिए’ (भिडियो)

कसरी भएको थियो एक्स-रे प्रविधिको आविष्कार ? दुई प्रसिद्ध तस्बिरको कथा

कसरी भएको थियो एक्स-रे प्रविधिको आविष्कार ? दुई प्रसिद्ध तस्बिरको कथा

क्यान्सरसँग लडिरहेकी कल्पना भन्छिन्, ‘यो एक रोग हो, जीवनको अन्त्य होइन’

क्यान्सरसँग लडिरहेकी कल्पना भन्छिन्, ‘यो एक रोग हो, जीवनको अन्त्य होइन’

मोबाइल स्क्रोलिङले निद्रामा पार्छ प्रभाव, वैज्ञानिक तथ्यले के भन्छ ?

मोबाइल स्क्रोलिङले निद्रामा पार्छ प्रभाव, वैज्ञानिक तथ्यले के भन्छ ?

शरीरमा रातो कोठी किन बन्छ ? के छ उपचार ?

शरीरमा रातो कोठी किन बन्छ ? के छ उपचार ?