Comments Add Comment

प्रदेश नामाकरण समितिमा नराखेको भन्दै राजपाको आपत्ति


१६ साउन, कैलाली । प्रदेश ७ को स्थायी राजधानी र नामकरणबारे सुझाव दिन गठित विशेष समितिमा आफ्नो पार्टीको प्रतिनिधित्व नगराएको भन्दै राष्ट्रिय जनता पार्टीले आपत्ति जनाएको छ ।

बुधबारको प्रदेशसभा वैठकमा विशेष समय लिदै राष्ट्रिय जनता पार्टीकी सांसद मालमती रानाले सरकारले राजपालाई बञ्चित गरी दुई तिहाईको दम्भ देखाउन खोजेको आरोप लगाइन् । उनले राष्ट्रिय जनता पार्टी अझै पहिचान र अधिकारको लडाइमा रहेका कारण राजपाको उपस्थिति विना हुने निर्णय कुनै पनि हालतमा मान्य नहुने बताइन् ।

राजधानी र नामाकरणको लागि गठन गरिएको विशेष सुझाव समितिमा संयोजक तारा लामा तामाङ, बलदेव रेग्मी, श्यामलाल राना, प्रेमप्रकाश भट्ट र चुनकुमारी चौधरी सदस्य रहेका छन् । समितिका संयोजक तारा लामा तामाङले सबैको प्रतिनिधित्व हुने गरी समितिले काम गर्ने बताएका छन् । उनले राजधानी र नामाकरणका लागि यस प्रदेशका वृद्धिजिवी, नागरिक समाज, विभिन्न राजनैतिक पाटीहरुसंग छलफल गरेर मात्रै प्रतिवेदन पेश गरिने बताए ।

प्रदेशसभा वैठकमा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले प्रदेश सभा नियमावली २०७४ को नियम १ सय ६ बमोजिम स्थानीय तहलाई वित्तिय हस्तान्तरतरण ब्यवस्थापन गर्न बनेको विधेयक २०७५ टेवुल गरेका छन् ।

मन्त्री बोहराले विधेयक पास भएको अवस्थामा राजस्व बाँडफाँट, कर संकलन र वित्तीय अनुदान लगायतमा सहयोग पुग्ने बताए । प्रदेश सभाको अर्काे बैठक साउन २१ गते दिउँसो १ बजे बस्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment