+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रभु ग्रुपको ‘प्रभु पे’को सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २४ गते १९:१९


२४ साउन, काठमाडाैं ।  प्रभु ग्रुपले ‘प्रभु पे’ नामक अत्यधुनिक डिजिटल वालेट सार्वजनिक गरेको छ।  यसको सेवा लिने ग्राहकको १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा हुने कम्पनीले जनाएको छ। साथै एक ग्राहकले अर्को ग्राहकललार्इ यस्तो एप रिफर गरेमा वालेटमा ३० रुपैयाँ व्यालेन्स थप्ने अफर पनि ल्याइएको छ ।

मोबाइल वालेटका लागि प्रभु पे डाउन डाउनलोड गर्नुपर्छ।  एप डाउनलोड गरेपछि एपबाट पैसासँग सम्बन्धित सम्पूर्ण कार्यहरु जस्तै कुनै पनि बैंक तथा वित्तीय संस्थाको खाता बाट पैसा ट्रन्सफर गर्न, बिजुली, पानी लगायत अरु बिल भुक्तानी, किनमेलमा पैसा तिर्न, प्रभु टिभी रिचार्ज गर्न, एनसीएचएल डिपोजिट गर्न सकिने छ।

एपबाट युनियन पे र क्युआर कोड स्क्यान गरेरै पैसा तिर्न सकिनेछ। प्रभु ग्रुपले ‘वालेट अब मोबाइलमा’ भन्ने नाराका साथ नौलो र फरक सुविधा ल्याएको ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनले जानकारी दिए ।

प्रभु ग्रुप बैंक, बीमा, मनि ट्रान्सफर, हेलिकप्टर, प्रभु टिभि, सुचना प्रविधि र व्यवस्थापन सम्वन्धी विभिन्न कम्पनी मार्फत सेवा दिने नेपालको अग्रणी समूह हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?