Comments Add Comment

लघुवित्तलाई अर्थमन्त्रीको आग्रह : ग्रामीण क्षेत्रमा गइदिनुस्

२८ साउन, काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले लघुवित्त संस्थाहरुलाई ग्रामीण क्षेत्रमा जान आग्रह गरेका छन् ।

स्वाबलम्बन विकास केन्द्रको २७ औं वार्षिक उत्सवमा उनले कुन क्षेत्र र समुदायलाई बढी सेवा गर्नुपर्ने छ त्यस क्षेत्रमा जान आग्रह गरेका हुन् ।

‘तपाईहरु ग्रामीण क्षेत्रमा गइदिनु्पर्‍यो, कुन समुदाय र क्षेत्रलाई बढी सेवा गर्नुपर्ने हुन्छ । त्यहाँ जान स्थानीय तहसँग सहकार्य गर्नुपर्छ’ उनले भने ‘कुन ठाउँमा कस्तो समुदाय चरम गरिबी अभावमा छ, वञ्चितिकरणमा छ, त्यसमा हामीलाई लैजान सहयोग गर्नुर्‍यो भनेर तपाईहरुले स्थानीय तहलाई भन्नुपर्‍यो ।’

यसरी स्थानीय तहमा जाँदा वित्तीय संस्थाहरु नपुगेको ठाउँलाई प्राथमिकतामा राख्न पनि उनले लघुवित्त सहकारी संस्थाहरुलाई आग्रह गरे । अर्थमन्त्री खतिवडाले अब उत्पादनसँग जोडिने काममा लाग्न पनि लघुवित्त संस्थाहरुलाई आग्रह गरे । ‘अब उत्पादनसँग जोडिनुपर्छ, महिला उत्पादनमा जोडिने काममा लगाउनुपर्‍यो । अनौपचारिक सेवामा लाग्नेहरुलाई अनौपचारिक क्षेत्रमा ल्याउने काम पनि तपाइहरुको हो’ उनले भने ।

अर्थमन्त्री खतिवडाले लघुवित्तलाई सरकारले गर्नुपर्ने सहयोग गर्ने पनि प्रतिवद्धता जनाए । ‘त्यसका लागि पुर्‍याउनु्पर्ने नीतिगत सहयोग र नियमनकारी नियकाबाट गर्नुपर्ने सहयोग गर्न सरकार तयार छ । करका समस्या पनि परेका छन्’ उनले भने ।

लघुवित्त संस्थाहरुको संख्या बढेसँगै समस्याहरु देखिएको भन्दै मन्त्री खतिवडाले त्यसलाई समयमा नै सुधार नगरे नियमनमा परिने पनि बताए । लघुवित्तहरुलाई आफैले सामाजिक जिम्मेवारीभित्र रहेर ब्याजदर तोक्न पनि उनले आग्रह गरे ।

अहिले मुलुकमा गरिबीको दर घट्दै गए पनि सबै क्षेत्रमा समान रुपमा घट्न नसकेको अर्थमन्त्री खतिवडाले बताए । ‘सबै प्रदेश, स्थानीय तह, सामाजिक समूह भौगोलिक क्षेत्रमा समान रुपमा गरिबी घटेको छैन, अहलिे पनि कतै ७० प्रतिशतसम्म गरिबी छ’ उनले भने ‘त्यस्ता क्षेत्रमा लक्षित कार्यक्रम लैजानुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment