+
+

राज्यमन्त्रीपछि थमन हत्याका थप दुई अभियुक्त पनि अदालतमा हाजिर

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २९ गते १२:३५

२९ साउन, महोतरी । मधेस आन्दोलनमा सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोग लागेका थप दुई अभियुक्त जिल्ला अदालत महोत्तरीमा हाजि भएका छन् ।

सोही हत्या अभियोगमा फरार रहेका प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा अदालतमा हाजिर भई सामान्य तारेखमा छुटेको भोलिपल्ट अरु दुई अभियुक्त पनि अदालतमा हाजिर भएका हुन् ।

हत्या अभियोग लागेका जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र (शाहीजी) र राजपाका केन्द्रीय महासचिव सुरेश पाण्डेय निवेदनसहित अदालतमा हाजिर भएका रजिष्ट्रार रामान्नदप्रसाद अधिकारीले जानकारी दिए ।

२०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा आन्दोलनकारीको तर्फबाट घाइते भएका सशस्त्र प्रहरीका असई विकलाई उपचारको लागि जलेश्वरबाट जनकपुर लग्दै गर्दा एम्बुलेंसबाट थुतेर कुटपिट गरी हत्या गरेको भन्दै २८ जनामाथि ज्यान मुद्दाको अभियोग छ ।

यता जिल्ला अदालतको १ नम्बर इजलास ले दुवै आरोपितको बयान लिन सुरु गरिसकेको छ भने बयान सक्नासाथ थुनछेक बहस सुरु हुने छ ।

बहसमा थप दुई अधिवक्ता ज्ञानेन्द्रकुमार लाल कर्ण र देवेन्द्र ठाकुर निरालाले प्रतिवादीको तर्फबाट बहस गर्नेछन् । वादी नेपाल सरकारको तर्फबाट जिल्ला न्यायाधिवक्ता सुदीप दंगाल बहस गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?