ARE
३१ साउन, रौतहट । नापी कार्यालय, गौरका नापी अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १४ हजार रूपैयाँ घुससहित पक्राउ गरेको छ ।
कार्यालयमा सेवाग्राही सँग घुस लिदै गरेको अवश्थामा नापी अधिकृत धिरेन्द्र कुमार लाललाई अख्तियारको हेटौडा कार्यालयले पक्राउ गरेको हो ।
अधिकृत लालले कार्यालयमा आएका एक सेवाग्राहीसँग जग्गाको नक्सा र कित्ता काट गर्नका लागी १४ हजार रकम माग गरेका थिए ।
काम गर्नका लागि अधिकृतले पटकपटक घुस मागेको र रकम नदिए सम्म काम नै नगरेपछि अख्तियारमा उजुरी गरेको र सोही अनुसार नापी अधिकृत पक्राउ परेको ती सेवाग्राहीले बताए ।
दुई दिनको अवधिमा अख्तियारले गौरबाट घुस रकम सहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार मात्रै पनि जुद्ध उच्च माध्यमिक विद्यालयका शिक्षक प्रमोद ठाकुरलाई आयोगको हेटौडा कार्यालयले ४५ हजार घुस रकम सहित पक्राउ गरेको थियो ।
प्रतिक्रिया 4