+
+
Shares

आफैंलाई प्रेम गर्ने वा आत्मकेन्द्रित मानिस किन सफल हुन्छन् ?

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ६ गते १४:५०

हामी सबैको आंकक्षा हुन्छ, ‘कसरी सफल हुने ।’ मानिस जन्मदेखि मृत्युसम्म यही दौडमा दौडन्छ । अर्थात सफलताका खातिर । सफलताका विभिन्न चरण हुन्छन् । प्रकृति हुन्छन् । यद्यपी आफुले चाहेको क्षेत्रमा सफलता हासिल गर्नु पक्कैपनि खुसीको कुरा हो । सफलताले हामीलाई सन्तुष्ट दिलाउँछ । सन्तुष्टिले सुख । यद्यपी हामी प्रयास गरेर पनि कतिपय अवस्थामा सफल हुँदैनौं । त्यही कुराले हामीमा खिन्नता पैदा हुन्छ । खिन्नताले ग्लानी । ग्लानीले दुख ।

विहान उठेदेखि साँझ विश्राम लिने बखतसम्म हामी एउटै कुरामा घोत्लिन्छौं, सफल कसरी हुने ? जागिरमा सफलता, व्यापारमा सफलता, पढाईमा सफलता, करियरमा सफलता । समग्र जिन्दगीमा सफलता । आखिर कसरी सफलता प्राप्त हुन्छ ? कस्ता व्यक्ति सफल हुन्छन् ? विविसी हिन्दी अनलाइनको लेख यहाँ साभार गरिएको छ ।

आत्मकेन्द्रित व्यक्ति सफल ?

तपाईं जुन कार्यालय वा संस्थामा जानुहोस् एक न एक गफाडी मानिस भेट्नुहुन्छ । उनीहरु आफ्नो बारेमा बढाइचढाई गरेर बोल्छन् र सँगै काम गर्ने सहकर्मीहरुलाई कमजोर आँक्छन् ।

यस्ता मानिस आत्मकेन्दि्रत हुन्छन् र आफैलाई विशेष मान्छन् । यदि अर्को मानिसले उनीहरुलाई भाउ दिएनन् वा सम्मान गरेनन् भने उनीहरु त्यहाँ टिक्दैनन । मनोवैज्ञानिकहरुले यस्ता आत्ममुग्ध मानिसहरुलाई ‘नार्सिसिस्ट’ भन्छन् ।

‘नार्सिसिस्ट’ शब्द युनानको पौराणिक कथाहरुको पात्र नार्सिससबाट बनेको हो । नार्सिसस नामका ती शिकारी पानीमा देखिने आफ्नै अनुहारको प्रतिविम्बबाट मोहित भएका थिए र उनी चौबिसै घण्टा आफ्नो अनुहार हेरेर बस्थे ।

हरेक ठाउँमा यसखालका आत्ममुग्ध मानिस हुन्छन् । यदि समयमै पहिचान गर्नुभयो भने तपाईं विनाकारण तनावबाट बच्न सक्नुहुन्छ ।

आत्ममुग्ध व्यक्तिको कुरा

‘जेन योर वर्क’की लेखिका कार्लिन बोरिसेन्को आफ्नो करियरको सुरुवाती दिनमा यस्तै एक आत्ममुग्ध हामिमसँग काम गर्थिन् ।

बोरिसेन्को भन्छिन्, ‘म उनको प्रशंसक थिँए, उनलाई चमत्कारी र स्मार्ट सम्झिन्थे र उनीसँग काम गर्न पाएकोमा धेरै उत्साहित थिँए ।’

तीन महिनासम्म काम गरेर आफ्नो हाकिमको दैनिक हर्कत देखेपछि बोरिसेन्कोले केही गडबड पक्कै छ भन्ने कुरा बुझिन् ।

बोरिसेन्कोको धेरै जसो समय आफ्नो हाकिमलाई खुसी राख्दैमा बित्थ्यो । कार्यालयमा अरु मानिसको अगाडि हाकिमको बढाइचढाई गर्नुपथ्र्यो । यदि यस्तो नगरेमा हाकिम रिसाउँथे ।

धेरैपटक यस्तो हुँदै गएपछि उनलाई राम्रो लाग्न छोड्यो । बोरिसेन्को भन्छिन्, ‘म उनले देखेको कुरा म देख्न सक्दिन र उनले सोच्ने कुरा म सोच्न सक्दिन भन्ने सोच्थेँ तर विस्तारै मैले उनको लागि म के गर्छु भन्दा पनि उनले अरुलाई कुन नजरले हेर्छिन् भन्ने कुरा महत्वपूर्ण हो भन्ने बुँझे ।

ती हाकिमको त्यस्तो हर्कतले रिसाइरहेका मानिसमा बोरिसेन्को एक्लै थिइनन् । कार्यालयमा अरु पनि धेरै दुःखी थिए तर हाकिमको कमजोरी पहिचान गर्नको सट्टा उनीहरु आपसमै एकअर्काको दुश्मन बनेर बसेका थिए ।

परिस्थिती बदल्न केही गर्न नपाएको दुःख सबैमा हावी भयो र उनीहरु हाकिमको नजिक भएर उनलाई खुसी बनाइ आफ्नो फाइदा लुट्नको लागि एक प्रतियोगिता सुरु भयो ।

विश्वासले नै बन्छ करियर

यस्ता गफाडी मानिससँग काम गर्न धेरै मुस्किल हुने भएपनि कैयौं शोधले भने अर्कै कहानी भन्छन् । आत्मकेन्दि्रते मानिस आफ्नो करियरमा राम्रो सफलता हासिल गर्छन् र कम्पनीको लागि उनीहरु कामको मान्छे हुन्छन् ।

अब, प्रश्न प्रश्न उठ्न सक्छ कसरी यस्तो हुन्छ त? खासमा ‘नार्सिसिस्ट’ सजिलैसँग हार मान्दैन । असफलताको बाबजुद पनि लगातार कोसिस गर्दैरहन्छन् । उनीहरु झुटो बोल्छन्, कुरा बनाउँछन् तर लक्ष्यबाट ध्यान हटाउँदैनन् ।

ओहायो स्टेट यूनिभर्सिटीका मनोवैज्ञानिक डाक्टर जिम जजले व्यवसायमा ‘नार्सिसिस्ट’को असरको अध्ययन गरेका छन् । उनका अनुसार कुरा मात्रै गर्ने मानिसमा यस्ता कैयौं क्षमता हुन्छ जसले उनीहरुलाई हाकिमको कुर्सीमा पुर्याउँछ ।

उनीहरु चमत्कारी बन्न चाहन्छन्, उनीहरु मुस्किल अवस्थामा पनि नेतृत्व गर्छन् । आवश्यकता पर्दा उनीहरु जोखिम उठाउँछन् र कुनै कम्पनीलाई कठिन समयबाट पार लगाउन यस्तो क्षमता आवश्यक पर्छ ।

अर्को पनि प्रश्न उठ्छ -आत्ममुग्ध हुने क्षमता जन्मजात हुन्छ वा यो समयसँगै विकसित हुन्छ ? टिम जज भन्छन्, ‘दुवै चीज हुन सक्छ ।’

केही मानिसमा आत्ममुग्धताको गुण जन्मजात हुन्छ भने केहीमा उनीहरुको आर्थिक हैसियत, उनीहरुको बाल्यकाल र कार्यालयको स्थितीमा निर्भर हुन्छ ।

उच्च सामाजिक आर्थिक हैसियत भएको घरमा जन्मिएका बच्चाहरु घमण्डी हुन्छन् । परिवारले गर्ने मायाले उनीहरुको अहंकार अझै बढाइदिन्छ । यी सबै कुराले उनीहरुलाई ‘नार्सिसिस्ट’ बनाइदिन्छ ।

ठूला नेताहरुमा छ यो गुण

आत्ममुग्धता राम्रो कुरा होइन तर। कैयौ हस्तीहरु पनि यो गुण पाइन्छ । टिम जज भन्छन्, ‘चुनौतीहरुसँग जुध्ने र परिवर्तन ल्याउने नेताहरुमा अक्सर यस्तो गुण पाइन्छ ।

अमेरिकाका कैयौं चमत्कारी राष्ट्रपतिहरु ‘नार्सिसिस्ट’ छन् । जोन एफ केनेडी र रोनाल्ड रेगन यसको मुख्य उदाहरण हुन् ।

के साँच्चै आत्मकेन्द्रित र धेरै बोल्ने मानिसले आफ्नो करियरमा राम्रो गर्छन् ?

डाक्टर टिम जज यस प्रश्नको उत्तरमा भन्छन्, ‘उनीहरुको फोकस गजबको हुन्छ । उनीहरु अरुमा होइन मात्रै आफ्नो आवश्यकताहरुमा ध्यान दिन्छन् । यहि फोकसले नै उनीहरुलाई सफलता दिलाउँछ । पैसा दिलाउँछ र सम्मान पनि दिलाउँछ ।’

यदि तपाई कुनै लगानीकर्ताले तपाईमाथि पैसा लगाओस् वा ग्राहकले तपाईलाई पैसा दिन्छन् भने तपाइलाई सबैभन्दा पहिले आफै माथि विश्वास हुन धेरै जरुरी छ । तर, यो ध्यान राख्नुहोस् यो विश्वास भ्रम नबनोस् ।

क्यालिफोर्नियाको हास बिजनेस स्कूलमा लिडरसिपका प्रोफेसर डन मुरे भन्छन्, ‘अति आत्मविश्वासको खतरा धेरै छ । आफ्नै बारेमा गलत धारणा बनाउने मुर्खताले कैयौं गल्तीहरु गर्न सक्छ ।’

त्यसो भए फेरि आत्मविश्वासले भरिएका मानिसहरु को सफलताको राज के हो ?

मुरे भन्छन्, ‘आत्मविश्वासले चम्किएको चेहरामा मानिस भरोसा गर्छन् । उनीहरु तीनका सहयोगी बन्छन् र बढाइचढाइ गरेर कुरा गर्नेहरुलाई बढावा दिन्छन् ।’

किस्मतले बढाउँछ अहंकार

जागिरमा प्रमोसन पाउनको लागि कि त तपाईको काम राम्रो हुनपर्छ वा फेरि तपाईंको भाग्य राम्रो हुन पर्छ ।

मुरे भन्छन्, ‘राम्रो भाग्यले केही प्राप्त भयो भने धेरैले त्यसलाई आफ्नो क्षमता सम्झिने गल्ती गर्न सक्छन् । त्यतिखेर उनीहरु आफूजस्तो कोही नभएको मान्नन थाल्छन् । र आफू अरुभन्दा धेरै माथि भएको सम्झिन्छन् ।’

तर कम आत्मविश्वास यसभन्दा पनि खतरनाक हुन्छ । यसको कारण मानिसले आफैलाई कुनै पनि कामको लागि अयोग्य सम्झिन्छ ।

त्यसैले आफैलाई पहिचान गर्नुपर्छ । आफ्नो क्षमताको साथसाथै कमजोरीहरु पनि थाहा हुनुपर्छ । मुरे भन्छन्, ‘आफैमा भरोसा राख्नुहोस् आत्ममुग्ध मानिसहरुबाट पनि एक पाठ सिक्न जरुरी छः आफैलाई विश्वास राख्ने पाठ ।’

कार्लिन बोरिसेन्कोका अनुसार नार्सिसिस्ट आफ्नो लागि यस्तो अवस्था तयार गर्छन् जहाँ उनी हुन अवश्य रहन चाहन्छन् र कैयौंपटक परिवर्तनको लागि उत्प्रेरकको काम गर्छन् ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प एक राम्रो उदाहरण हुन् । उनलाई आफू राष्ट्रपति पक्का बन्छु भन्ने विश्वास थियो । यदि उनलाई आफूमा विश्वास थिएन भने यस्तो कहिल्यै पनि हुन पाउँथेन ।

-बिबिसीबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?