Comments Add Comment

नवलपरासीमा दीपिकासँग यति रोमान्टिक दिपक


दशैंमा रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा ३’को टिम यतिबेला नवलपरासी पुगेको छ । उनीहरु, नवलपरासीमा रहेको सीजी गु्रपको परिसरमा छायांकनमा व्यस्त छन् । चलचित्रका मुख्य कलाकारको साथमा निर्देशक दिपाश्री निरौला, कोरियोग्राफर कविराज गहतराज, छायांकार तथा निर्माता पुरुषोत्तम प्रधान नवलपरासी पुगेका हुन् ।

निर्देशक दीपाश्री निरौलाका अनुसार, अहिले सीजी ग्रुपको परिसरमा चलचित्रमा समावेश ‘पछि उमेर ढल्किन्छ, फेरि कालै पल्किन्छ’ भन्ने गीतको छायांकन भैरहेको छ । यो गीतमा अर्जुन पोखरेलको संगीत छ ।

यो गीतमा चलचित्रका मुख्य कलाकारहरु दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङलाई फिचरिङ गरिएको छ । पहिलो गीत ‘पहिलो नम्बरमा’ले चर्चा पाइरहेको समयमा दोश्रो गीतले पनि त्यस्तै उचाई लिने विश्वास निर्माणपक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment