+
+
Shares

बिहे गरेको ३ वर्षसम्म श्रीमानले घर नलगेपछि युवतीको विचल्ली

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ७ गते ३:००
नगरपालिकाको न्यायिक समिति र प्रहरीसहितको टोली पीडित महिलाको परिवारसँग छलफल गर्दै ।

५ भदौ, सप्तरी । विवाह गरेपछि पनि परिवारले स्वीकार नगर्दा राजविराज नगरपालिकाकी एक युवती समस्यामा परेकी छन् ।

राजविराज नगरपालिका ७ हटिया निवासी राजीव दासले स्थानीय कविताकुमारी साहसँग विवाह गरे पनि घर लैजान नमान्दा उनी समस्यामा परेकी हुन् ।

राजीवले २०७२ साल पुस २४ गते सप्तरी जिल्ला अदालतमा कवितासँग कानुनी विवाह गरेका थिए । विवाह गरे पनि केही दिन कवितालाई बाहिरै राखेका थिए । कविताले घर लैजानुपर्ने बताए पनि राजीवले मानेका थिएनन् । जिल्ला प्रहरी कार्यालयमा राजीव र उनकी आमा मन्जुले कवितालाई घरमा राख्ने प्रतिबद्वता जनाए पनि पछि घरबाट निकालेका थिए ।

विभिन्न निकायमा उजुरी दिए पनि न्याय नपाएकी उनले पछिल्लो पटक राजविराज नगरपालिकाको न्यायिक समितिमा उजुरी दिएकी थिइन् । मंगलबार बसेको इजलासपछि समितिले घरमा राख्न उनका पति राजीवलाई पत्र लेखेको थियो ।

तर राजीवको परिवारले कवितालाई स्वीकार गर्न नमानेपछि न्यायिक समितिका संयोजक साधना झा, जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रहरी निरीक्षक सुजाता तुम्बाहाम्फे, अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष सुनिता साह, राजपाका महासचिव गजेन्द्र मण्डल, जिल्ला अध्यक्ष सुनिल झा, इन्सेक प्रतिनिधि मनोहर पोखरेलसहित प्रहरीको टोली मंगलबार राजीवको घर पुगेको छ ।

मंगलबार साँझ राजीवको घर पुगे पनि राजीवकी आमा मञ्जु दासले कवितालाई स्वीकार गर्न नमानेको इन्सेक प्रतिनिधि पोखरेलले जानकारी दिए ।

न्यायिक समितिकी संयोजक साधना झाले कवितालाई जसरी पनि राजीवको घरमा राख्ने वातावरण बनाउने प्रतिबद्वता जनाएकी छन् । मंगलबार राति अबेरसम्म प्रहरी टोलीसहित राजीवको घरमा रहेकी उनले महिलाहरुको अधिकार सुनिश्चितताका लागि आफूले कुनै कसर बाँकी नराख्ने बताइन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत समानुपातिक मत %
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?