+
+

फेरि पक्राउ परे विप्लव समूहका प्रवक्ता

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ८ गते ०:००
फाइल फोटो

७ भदौ, काठमाडौं । विप्लव समूहका प्रवक्ता खड्गबहादुर बिक (प्रकाण्ड) लाई प्रहरीले पुनः पक्राउ गरेको छ ।

बिहीबार सर्वोच्च अदालतले उनलाई छाड्न आदेश दिएलगत्तै उनलाई पक्राउ गरिएको हो ।

भोजपुरमा भएको बम विष्फोटको घटना पनि उनी संलग्न भएकाले पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एक अधिकारीले बताए ।

ती अधिकारीका अनुसार प्रकाण्डलाई बिहीबारै भोजपुर लगिनेछ ।

यसअघि चन्दा असुलीको आरोपमा २३ साउनमा पक्राउ परेका प्रकाण्डलाई सर्वोच्चले छाड्ने आदेश दिएको थियो । लगत्तै, प्रहरीले काभ्रेमा रहेको मुद्दामा पक्राउ गरेको थियो ।

यो पनि पढ्नुस् 

विप्लवका प्रवक्तालाई छाड्न सर्वोच्चको आदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?