+
+
Shares

विप्लवका प्रवक्तालाई छाड्न सर्वोच्चको आदेश

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ७ गते १७:५८
फाइल तस्वीर

७ भदौ, काठमाडौं । सर्वोच्च अदालतले नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई छाड्न आदेश दिएको छ । न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोतम भण्डारीको संयुक्त इजलासले खड्गबहादुरलाई सर्वोच्चको रजिष्ट्रारको रोहबरमा छाड्न आदेश दिएको हो ।

अघिल्लो पटक पनि सर्वोच्चले उनलाई छाड्न आदेश दिएको थियो । तर, सर्वोच्चको आदेशमा छुटेका उनलाई प्रहरीले अदालतको गेट बाहिर पक्राउ गर्‍यो र आगजनीको मुद्दाका लागि काभ्रेमा पुर्‍यायो ।

जिल्ला अदालत काभ्रेले म्याद थप गरेर अनुसन्धान गर्न आदेश दिइरहँदा सर्वोच्च अदालतले भने सोमबार बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै बन्दीसहित जवाफ पेश गर्न आदेश दियो ।

न्यायाधीशद्वको संयुक्त इजलासले थुनामा राखेर पर्याप्य आधार र कारण नखोली म्याद थप भएको भन्दै निवेदकको मागअनुसार बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने ठहर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?