+
+
Shares

बु्टवलमा बम विस्फोटको आरोपमा विप्लवका कार्यकर्ता पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ८ गते १८:४७

८ भदौै, बुटवल । बुटवलमा भारतीय पेन्सन क्याम्पमा बम विस्फोट गराएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सल्यानको दार्मा गाउँपालिका ५ घर भएका ४२ वर्षका चन्द्रबहादुर खड्का पक्राउ परेका प्रहरीले जानकारी दिएको छ । असल उपनामले चिनिने खड्का नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य रहेको प्रहरीले जनाएको छ ।

बम विस्फोटको घटनाको अनुसन्धान गर्दै जाने क्रममा खड्का समेतको संलग्नता रहेको प्रमाण फेला परेपछि उनलाई काठमाडौ चन्द्रागिरि नगरपालिका २ नागढुंगाबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

खड्काको साथबाट भारतीय पेन्सन क्याम्पमा बम बिष्फोट भएको फोटो रहेको एमआई मोबाइल सेटसहित तीन थान मोबाइल र ११ थान सिमकार्ड बरामद भएको प्रहरीले जनाएको छ । गत साउन २८ गते बुटवलस्थित भारतीय पेन्सन क्याम्पमा बम विस्फोट भएको थियो ।

खड्कालाई काठमाडौबाट बुटवल ल्याई जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मल्लले बताए । घटनामा संलग्न अन्य अभियूक्तहरुको पहिचान एवं खोजतलास गर्ने कार्य भई रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले नेकपाका महासचिव नेत्रबिक्रम चन्द विप्लव,विप्लवका दाजु चन्द्रबहादुर चन्द, शरद वली, खुमप्रसाद विश्वकर्मा, अमर आरसी भनिने हिरा बहादुर रोका, नवीन भन्ने नवराज रोका, प्रज्ज्वल भनिने बसन्त श्रेष्ठ, निशान र अनन्तलाई अन्य फरार अभियुक्तहरु भन्दै प्रेस विज्ञप्तिमार्फत नाम सार्वजनिक गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत समानुपातिक मत %
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?