+
+
Shares

सडेको खाना खुवाउने बैंक्वेट बचाउन सांसदको मरिहत्ते (भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १६ गते २१:१२

१६ भदौ, काठमाडौं । शनिबार नयाँ बजारस्थित ‘नयाँबजार मल्टी भेन्यु’मा बासी तथा सडेगलेको खाना खुवाएको उजुरी आएपछि सरकारी टोली पुग्यो । अनुगमनका क्रममा बासी मासु, कुहिएको तरकारीका साथै फोहोर भान्सा भेटियो ।

बैंक्वेटमा प्रयोग भएका मसलादेखि पिठो समेत अखाद्य भेटिएपछि अनुगमन टोलीले सिल गर्ने तयारी गर्‍यो । त्यसका लागि मुचुल्का समेत उठाइसकेको थियो ।

बैंक्वेटमा सेवाग्राहीको भीड थियो । उनीहरुले नै खबर गरेपछि अनुगमन टोली पुगेको थियो । तर, प्रदेशसभा सांसदको आएपछि एकाएक अर्कै माहोल बन्यो ।

साँझपख पुगेका नेकपाका सांसद बसन्त मानन्धर सरकारी टोलीलाई सिल गर्न रोक्दै बसेर छलफल गरौं भन्न थाले । सेवाग्राहीहरु ‘हामी विहानदेखि भोकभोकै छौं, हाम्रो स्वास्थ्यमाथि खेलबाड गर्नेहरुलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ’ भनिरहेका थिए ।

तर, सांसद मानन्धर ‘मैले भर्खर थाहा पाएँ’ भन्दै अनुगमन टोलीलाई रोक्ने प्रयासमा लागे । उनी कहिले प्रहरी टोलीलाई फकाउन खोज्थे त कहिले अनुगमन टोलीलाई ।

उनी हामी ५/७ जना एक ठाउँमा बसौं र छलफल गरौं भन्थे । तर, भीड उनलाई सुन्ने पक्षमा थिएन । ‘बसन्त कमरेड, तपाई हाम्रो नेता कि बैंक्वेट सञ्चालकको ?’ भन्दै सहभागीहरुले चोर औंला ठड्याएपछि उनी फर्किएर बेञ्चमा बस्थे ।

उनी आक्रोसित भीडलाई सम्झाउन, ‘मैले यो बैंक्वेटमा सय पटकभन्दा बढी खाना खाएको छु । आजसम्म यस्तो भएको थिएन । विहान मात्रै पनि म यहाँ एउटा कार्यक्रममा सहभागी भएको थिएँ । एकपटक भएको गल्ती हो, बसेरै कुरा गरौं’ भन्थे ।

हेर्नुस् भिडियो 

तर, सहभागीले जवाफ दिए, ‘३०० पटक राम्रो खुवायो होला तर, आज हामीलाई सडेगलेको खुवायो । हामी पनि ३०० जना थियौं । हाम्रो स्वास्थ्यको जिम्मा कसले लिन्छ ?’

मानन्धरले बैंक्वेटमा सरकारी ताला लगाउनबाट रोक्न सकिन्छ कि भनेर हरसम्भव प्रयास गरे । तर, न सेवाग्राही तयार भए न अनुमगन टोली नै पछि हट्यो ।

अवस्था यस्ता देखियो कि अझै गलफती गर्दा आक्रोसित भीडले बैंक्वेटमा ताला लगाउने भयो । त्यसपछि प्रहरी टोलीले सांसदलाई त्यहाँबाट पर लग्यो र सरकारी अनुगमन टोलीले ‘नयाँबजार मल्टी भेन्यु’मा ठूलै कसरतपछि सिलबन्दी गर्‍यो ।

अब बैंक्वेट सञ्चालकलाई आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कस्तो कारवाही गर्ला भन्ने हेर्न बाँकी छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत समानुपातिक मत %
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?