+
+
Shares

अस्पतालको सेवा रोकेर डाक्टरहरु सडकमा !

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १७ गते १४:०८

१७ भदौ, काठमाडौं । अस्पतालमा आकस्मिक बाहेकका सेवाहरु अवरुद्ध पारेर देशभरिका चिकित्सकहरु आइतबार सडकमा उत्रिएका छन् । नयाँ मुलुकी अपराध संहितामा गरिएको व्यवस्था खारेजीको माग गर्दै उनीहरु सडकमा आएका हुन् ।

भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताको दफा २३०,२३१,२३२ र २४० लाई संशोधन गर्न माग गर्दै चिकित्सकहरुले नेपाल चिकित्सक संघको अगुवाइमा आइतबार राजधानी काठमाडौंसहित देशभर प्रदर्शन गरेका हुन् ।
काठमाडौंको माइतीघरबाट सुरु भएको चिकित्सकहरुको जुलुस नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई डा. गोविन्द केसी, डा.हरिहर वस्ती, डा.केदारनरसिंह केसी, मुक्तिराम श्रेष्ठ, लगायतले चिकित्सकको मनोवल गिराउने खालको व्यवस्था सच्याउन आग्रह गरे ।

सरकारले निजी मेडिकल संस्था बन्द गराउने मनसायले नयाँ मुलुकी ऐनमा कडा व्यवस्था गरेको सुनील शर्मा लगायतका वक्ताहरुले बताए । कार्यक्रममा बोल्दै नागरिक अभियन्ता डा. गोविन्द केसीले नयाँ मुलुकी संहितालाई बिरामीमारा कालो कानूनको संज्ञा दिए ।

बिरामीको उपचार गर्दा लापरवाही गर्ने चिकित्सकलाई जेल हाल्ने मुलुकी अपराध संहिताको प्रावधानविरुद्ध चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । तर, उपचारमा संलग्न डाक्टरले भुल गरेको हो वा होइन भन्ने विषयमा अध्ययन गर्न लागि छुट्टै समिति गठनको चिकित्सकहरुले माग गरेका छन् ।

‘चिकित्सकको लापरवाही र हेलचेक्र्याइँ हो वा होइन भन्ने अध्ययनका लागि छुट्टै विशेषज्ञसहितको टोली हुनुपर्छ’ कोणसभाका वक्ता डा. हरिहर वस्तीले भने, ‘म चुनौतीका साथ भन्छु, चिकित्सकको भुल प्रहरीले कुनै हालतमा पत्ता लगाउन सक्दैन । त्यसकारण त्यो संयन्त्रमा मेडिकल बुझेको मान्छे हुनुपर्छ ।’

आफुहरु कुनै राजनीतिक आस्थाका आधारमा नभई स्वास्थ्यकर्मीको विरुद्धमा रहेको मुलुकी अपराध संहिताका कारण आम जनतालाई पर्ने असरबारे आवाज बुलन्द गर्न आन्दोलनमा उत्रनु परेको चिकित्सकहरुले बताए ।

 

तस्वीरः चन्द्र आले/अनलाइनखबर

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत समानुपातिक मत %
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?